हावाहुन्डरी

म मेराे पतन बाट सुरुवात गर्छु

कदम कदम मा दम्भ मेरो
कदम कदम मा घमण्ड मेरो
मलाई
आजको चारो पुगे भयो
कसैलाइ सन्चो बिसन्चो
खायौ खाएनौ
मलाई यिँ सबको के मतलब ।

तर
अरुले
नम्र भावमा सोधे
यिँ आँखाले दर्शाउने 
माया 
पनि प्रचण्ड मेरो ।

रहर रति
अहँ
रहर त अति
तर यो सबै हुँदै गरेकाे
प्रहरहरु कति?

सालिन देखिन्छु
मेरा नयन नसा भावना
कर्म र मैले देखाउने मर्ममा पनि
अहङ्कारको थुप्रो
सयौँ
गुणा जती ।

के कहर
के रहर
नामऽकामऽदाम
उमेरऽज्ञानऽसमयऽआदरऽसम्मान
यि सबैकुरा म बाट
भईहाले भने
मै भन्छु
मै हुँ भग्वान ।

-------------------

भयाे घमण्ड सकियाे
अब केही
माया प्रेमकाे गणना गरौ

राहतको स्वास तिमी
यो सबै बर्वादीको आगाजतिमी
याद पनि तिमी
आभास पनि तिमी ।

कहाँ म र मेरा समस्या
तिमी नै जीवन
तिमीनै
कहाली लाग्दो
कहिलै न टुङ्गीने तपस्या ।

तर

समस्याहरु
किन यहाँ पनि तिमी
त्यहाँ पनि तिमी ।

सोचि हेरौँ 
याे समस्याहरु बारुलाकाे पाेकाे
जलाएर फलौँ
अँध्याराेमा निस्किन पर्छ
जाडाे छ ।

त्यस्तै छोडौँ
भबिष्य यस्तै हाे
समस्याहरुलाइ सम्हाल्दै अगाडी बढ्नु पर्छ । 

हँ हँ

खै के हाे त्याे
के समस्या हाे त्याे कहाँ छ?

बुझ्ने लाइ श्रीखण्ड नबुझ्नेलाइ
खडकुलाे
धेरै पहिले देखिनै सम्हालेर राख्या थिए
आज उत्याँ पर चाउमिन पाक्दै छ
जम्मा २०० रुप्या प्लेट
खान भागाैँ त ।

वर पर चराचुरुँगीको गुञ्जायमान छ
उत्यो भँगेरो पनी
भँगेरीको
प्रेम ध्वनीमा
चलायमान छ ।

यत्रो बिशाल ब्रह्माण्डमा
मेरो
उसको आवाज को आधार

आभास को प्रकार
प्रेमको लय
बुझ्ने कोही भग्वान छ?

हिजो आज
मान्छेलाइ प्रेमले
बिर्गादै छ भन्छन

म यो मरुस्थलमा आएर सोध्दै छु
खै त्याे प्रेम
खै के हो त्यो प्रेम 
कहाँ छ?

यहाँ धेरै कुराहरु सपनाहरु जस्तै छन
धेरै तौर तरिकाहरु बाट आएका देखिन्छन
गुज्रिएका भेटिन्छन ।

हरेक दिन
हरेका रात ।

सधैँ झै
यी सपनाहरुले मलाइ
सपनाहरुमै मलिन बनाउँछन
मेरा सपनाहरु उऽ म र याे समाज ।

भन्न त मैले धेरै कुरा भने
तर अब सबै बर्बाद छ ।

मैले उसलाई
मेरा हरेक रहर सपना
उमंग
सबैमा सजाएको थिए ।

म पनिपागल
कयौँ पल्ट
उसलाइनै
मेरा बरबरी झरर्ने आँसुहरुमा
सुनकेसरी साजाई बगाएको थिऐ ।

बस आज नझरुन्

--------------------------------

अब सुनाउँ छु
त्याे कथा

धेरै बिरानाे पनि हैन
धेरै पुरानाे पनि हैन
धेरै कलिलाे पनि हैन
धेरै धमिलाे पनि हैन
धेरै नराम्राे पनि हैन
धेरै बकवास पनि हैन ।

रहर
सपना
रात अनिधाे

कयाैँ
उमँग
साँथ अलि थ्याे

सबै मिलेकाे
बात बलियाे
म मातले मात्तिएकाे हैन
उस्काे याद पनि थ्यो ।

त्याे
माया काे आयात
पश्चिम तिर बाट उदाएकाे
बर्बादि बाट सुरु हुन्छ ।

फिल्मकाे कथा जसरी
पुर्णिमाकाे रातकाे
जहाँ मसानि
अलि अलि
भुइचालाे आभास भाे ।

र त्यस्काे अस्त
पुर्वकाे त्याे चिसाे फिक्कलऽ
सुर्याेदयकाे त्याे धुम्ति
त्यहाँ खाएकाे त्याे ताताे झाेल म:म
र त्याे
सधैझै
हराभरा रहने
चियाबगानऽ कन्यामऽ हर्कटेऽ
शान्तिनगरऽ बुधबारेऽ
माथि तलकाे पाथिभरा
साँथ दिएकै हाे
कित बर्बादिकाे आधार हाेला ।

याे धुमौराे जीवनकाे
रमाइलाे आधार के भने
यात्राऽ
र 
याे भन्दा अघिल्लाे साल
सुनाएकाे जात्रा । 

म भन्छु सुन्नुस है

घरी यता घरी उता
बुट्टाबारी चारआली
बाटैबाटाे
निस्किउ बावु
कन्काइ खाेला साँथ पारी

उर्लावारी वेलबारी
इटहरी बाँङ्गमारी
धेरै कुरा नसाेच बाबु
तेराे घरचैँ धनगडी ।

--------------------------------

सुरुवात
कुन पहेली बाट गरौँ?

तिमीले भनेकाे कथाहरु?
तिमीले गनाएका बातहरु?
सबै मैले
सम्मानका साँथ राखेकाे छु ।

अझै
तिमीलेनै भनेका कथाहरु सम्झेर
मैले मन मनै चिथोरेर
आफ्नै मनलाई
ए पागल
ह्याभयो
चुप्पलाग
सोच्न छोड न
आज त एक छिन

ए भयो के
सुनेस ह्या भयाे के भयो

के ही बेर शान्त
भईदेन एक छिन ।

मन सँगै
यो मुटुको धकधकपनी
रोक्देन एक छिन
यस्तै गर्छस भने
म त पागल हुन्छु कुनै दिन ।

-----------------------------------

मैले खास मानेर खास ठाने ।

बकवास हैन
सबै राम्रै ठानेर
आफ्नै आवास माने ।

मैले सम्झाएँ
आफैलाइ
मैले बुझाएँ
पनि आफैलाइ ।

मैले भने पनि आफैलाइ

तँ कति कति के कति धेरै साेच्छस के
कति धेरै किन?

हँ 

आँह् आँह्
शान्त शान्त
Calm Calm

म आफ्नै हाे
के सुनिस म आफ्नै हाे
पिर नमान
यही भनि
उसलाइ
शान्तसँग सुताएँ

तर मेराे लागी

कहिले काँही गितहरु सम्झिन्छु

एकान्त छ ठाउँ
जाने कुनै बाटो छैन
त्यसैले जाउ या न जाउ
कुनै ‍पनि लक्ष्य छैन् ।

हा हा

जहाँ छौड्यो म त्यही नै छु
जस्ताे छौड्यौ म त्यस्तै नै छु
धेरै पर तिमीलाइ देखेँ
धेरै परिवर्तन तिमीमा देखेँ ।

त्यती मात्रै हाे र?

खै कति थरी साेच्नु हाेर?

कति थरी

म अब कसैलाइ सम्झाउन
नसक्ने अवस्था सम्म शिथिल भैसके

म अब कसैलाइ बुझ्न र बुझाउन
नसक्ने आवस्था सम्म मुर्छित भैसके

म अब कसैलाइ पनि गलत बाटाे बाट सहि बाटाेमा
डाेर्याउन सक्ने तर्कबाट बिहिन भैसके

म थाकि सकेम मरि सके
म निभि सके ।

मैले त्यसैलाइ भनिराखेकाे छु
याे पश्चिमबाट उदाएकाे बर्बादी हाे ।

हा हा

याे पश्चिमबाट उदाएकाे बर्बादी हाे ।

याे सबै सपनाहरु नै हाे ।

--------------------------------

उता कतै
आगो दन्की राखेको छ
जलेका लासहरुकाे

बाम्मबार
गलतबाटाेमा हाेमिएका
चित्कारहरुकाे

जानि जानि
आफ्नाे जीवनलाइ
सल्काउन हिडेका
ति हात हरुकाे

कसै कसैकालागी
भट्टिका बासहरुकाे
रँगिन सात जन्मका
सात फेराहरुकाे सौगातहरुकाे ।

----------------------------------

उता कतै
आगो दन्की राखेको छ

यता मनमा कस्तो
चिसो पसि राखेको छ ।

बहाना कत्ती बनाए
बहानाले नै जीवन पग्ली

पखाली राखेको छ ।

उनीहरु भन्छन
यहाँ का उस्ता
त्याहाँ का त्यस्ता
हाम्रै गाँउ समाजका
उ उस्ती
त्यो त्यस्ताे
उनीहरुको त्यस्तो
त्यहाँहरुकाे त्युस्ताे
खै के हाे के हाे के के हाे के के हाे।

याे साेचाइ पनि कस्ताे
याे मानसिकता पनि कस्ताे हाे कस्ताे ।

हामि त एउटै हैनैँ र?

अस्ती भर्खर दार्जेलीङ्ग पुगेर आएकाे थिएँ
यहि ‌येनाहरु भरिएकाे बाटाे हुँदै

सँयाेग बस एक पटक उडेर पनि
तर दार्जेलिङ्गनै त हैन ।

:
खै
म याे कवितामै हराए जस्ताे लाग्छ ।
न छेउ छ
न टुप्पाे छ
न आधार छ
न प्रकार छ
न सम्मान छ
न साधना छ
यसमा सबै राम्रालाइ गालीनै गाली
सबै नराम्रालाइ तालीनै ताली
बस म उल्टाे जन्मिएकाे रहेछू
उल्टाे सम्झिए हुन्छ ।

हैन भने बस याे त पागल हाे
आगुल्टाे ल्याएर
चारैतिर भगाइ झरफुक गरे हुन्छ ।
:

धेरै फरक छ
म ठम्याउनै सक्दिन
कस्काे मानसिकता कस्ताे
कस्काे आवश्यकता कस्ताे
कस्काे चाहना कस्ताे
कसैकाे चाहना कस्ताे न कस्ताे ।

सबै उनिहरुले खोजे जस्तै हुनु पर्ने
सबै उऽ उनिहरुऽ उहाँहरुऽ
आल्टे पाल्टे भाल्टे माल्टे
बकम्फुसे ज्ञानका ज्ञाताहरु
हामि त जान्ने हौँ है भन्ने मानसिकता भएका
प्रतिष्ठित आत्माहरुले राेजेकै हुनु पर्ने ।

त्यसमा एउटा म पनि पर्छु
प्रतिष्ठित आत्मा ।
प्रतिष्ठित आत्मा ।

मैले अघि भनेनि तेहि अस्ती भर्खरै
दार्जेलीङ्ग पुगेर आएकाे थिए

त्यहाँ काे एउटा सम्झना छ

एउटा आवाज सुने

ए त्यस्ताे हैन क्या दाजु ।

खै
के किन केकाेलागी भनेकाे हाे
याद छ पनिऽ छैन पनि
तर

मैलै
खै किन हाे
उहाँ लाइ साेधे
तपाइकाे रगत सेताे छ कि राताे?

खै के बुझ्नु भएछ क्यारे
मलाइ त बल्ड क्यान्सर छ भन्छन ।

झन्डै रुनमात्रै बाँकि थ्याे
उहाँ

दाजु
मेराे दिन हावा हुन्डरी जस्तै छ
मेराे जीवन झिनाे छ मसिनाे छ
खै कहिले सम्म थाहा छैन

साहु ले खाना दिए खाए
नदिए दुइचार प्यालमै अलमलाए

कहिले म राम्रै बुझ्ने अवस्थामा हुन्छु
कहिले म झर्किने
झगडालु स्वभावमा
खै के हाे मेराे जीवन पनि ।

वाह्

म अलमलमा परे
म मलिन भए र
मन मनै गहन भएर साेचे
धन्न याे दाइ साँङ्गलाे चै हुनु हुन्न रहेछ

कम्तिमा झगडा त गर्छन
बतास जस्तै 
कहिले यता
कहिले उता
तर कहिलेकाँहि राम्रै
मानव जस्तै त व्यहार गर्छन ।

---------------------------------


भने पछि
दु:ख ले दार्जेलिङ्गलाइ पनि छाेडेन
अहँकार ले पनि छाेडेन
कुरितीले पनि छाेडेन
कुरौटेहरुकाे जमातले पनि छाेडेन
भेदभावले जकले पनि छाेडेन
मान्छेकाे कम्जाेर मानसिकताले पनि छाेडेन
अभावले पनि छाेडेन
आडम्बरले पनि छाेडेन ।
वाह् वाह्
पश्चिम देखि उदाएकाे सुर्य र
पुर्विय दर्शन सम्म जाँदै गर्दा सम्मकाे मानसिकताऽ साेचाइऽ बुझाइ र बियाेग काे अवस्था।

वाह्

--------------------------------

उ आज म भन्दामाथी
समय र परिस्थति हरु बेग्लै छन
उ अहिले
मेरो बेग्लै साँथी छ

हेर्दै जाँउ कस्तो हुनेछैँ समय सँगै
उ म र समय
उ त अहिले
समय भन्दा पनि माथि छ

अहो समयले उस्लाइ
कस्ताे मानेकाे
भाग्यमानि रहेछ

समय भन्दानै माथी
सबै राम्रै होस
अहिले त नदेखिने
भग्वान पनि साँचि छ ।

के आगो के पानि
सबै भन्दामहँगो तिम्रो जवानी
एक्लै एक्लै तिमी कति रमाउँछौ
कहिले काँहि त हेर
उहाँहरुको भावना अनि
सबैको कहानी ।

रहर छन तिम्रा
कयौँ
अनगिन्ती
बेला बखतनै
सम्झहै ए नानी
तिम्रो मात्रै हेरी पुग्दैन यो बानी
के आगो के पानि
सबैभन्दा महँगो तिम्रो जवानी ।
सबैभन्दा महँगो तिम्रो जवानी ।
सबैभन्दा महँगो तिम्रो जवानी ।



Post a Comment

0 Comments