जनयुद्ध

द्वन्द कालको जन्म र मृत्यु कुनै रहस्यमयी छैन

किन?

त्यो द्वन्द,

देशका लागि भएको थियो

जनताका लागि, भन्ने नारालगाई

बिभीन्न ठाँउहरू मानव जन सागरले भरिएको थियो ।

 

देशमा कोलाहल किन मच्च्यिो?

त्यो भेष, भुषा र मातृभुमि संगको प्रगाढ मितको कारण ले

राज्यसत्ता बाहेक अरू सबै भ्रम हो भन्ने पिर को कारणले ।

 

बलेको आगोमा घ्यु कसले छर्कियो?

राजतन्त्र नामक परिधिका कारणले

रगतको खोला बगेको त केवल

तेहि परिधि भित्रका

केही ओहोरेदार हरूको कारणले

देश चलाँउछौं भनि बसेका केहि पहरेदार हरूको कारणले

दाजु भाइ भिडे त केवल

यो राज्य सत्ता र शासन मेरो हो भन्ने

कसैको अहंकारका कारण ले ।

 

अझै पनि सोच्दै हुनु हुन्छ?

द्वन्द कालको जन्म र मृत्युले

नेपाल बनेको हो?

तर हैन, युवाहरू जागरूक भए

हामी लड्छौँ भने

भिड्छौं भने

हामी हिड्छौ भने

देश र जनताका लागि जैले सम्म हुन्छ

तब सम्म शत्रुका सामु टिक्छौ भने

पिट्छौं भने

मिट्छौं भने

बगेको खोलामा रगत

कि मिस्छौं, कि मिसिन्छौं भने

छेउमा आउने जोसुकै किन नहोस उसको

शंहार गर्न हामी ठिक छौं भने ।

 

कैलेकाहि त लाग्छ,

राती राती कसैलाइ नबताई

जसरी चुप चाप सित पर्छ

त्यसरी नै भित्र भित्रै द्वन्दकालको सुरूवात भयो

शान्त थियो, चुप चाप थियो तर

राजतन्त्र नामक पण्डितले बलिरहेको आगोमा

पानी हैन घ्यु र्छके

गाँउ, घर, छर, छिमेक टोलमा ड्याङ् ड्याङ्ग डुङ् डुङ्ग

हुने गरि कोलाहल मच्चियो

खोला, नालाहरूमा पानी हैन रगतको खोला बग्थ्यो, जम्थ्यो 

अब जंगलमा रूखका स्याउला हैन

सुदुर तिर पुर्वका र पुर्व तिर सुदुरका युवाको लास झर्थ्यो

हो यसरि नै भयो, द्वन्दकालिन समयको अनत्य ।

 

त्यो द्वन्दको आदी र अन्त्य, भयंकर थियो

यथार्थ के हो भने

हरेक दिन जतिसुकै तारा खसे पनि

त्यो भन्दा दोब्बर चापले

नयाँ क्रान्तिकारि शक्तिशाली ताराको जन्म हुन्थ्यो

कयौं बुवा, आमाहरूको, छोरा छोरि अब घर आउने आस मर्थ्यो

तर युवाहरू क्रान्तिकारि हुन्छु र देशकोलागि केही गर्छु भन्ने मात अझै चढ्थ्यो

हो त्यसरि नै त्यो द्वन्दकालको आयु १, २ गन्दै १० बर्ष सम्म पुग्यो ।




Post a Comment

0 Comments