पागलपन

आज एक अर्थ बिहीन जिवनको यात्रामा कयौ बर्ष पछि उस्लाइ मेरो याद आएछ

मलाई लाग्दै छ उस्लाइ मेरो याद पहिला पनि न आएको कहाँ होला तर यसपाली उसले आफ्नो मनलाइ सम्हालेर जोर जबरजस्ती गरेर फोन समातिछे र फोनको डायलप्याडमा मेरो नम्बर डायल गरीछे ।

तर उसको मनमा अझै डर थियो कि मैले उस्लाइ हप्काई दिन्छुकी? हो उसलाई थाहा छ मलाई चाँडै रिस उठछ, म अलि मुडी छुँ तर नराम्रो चै खै हैन होला की? जहाँ सम्म लाग्छ मैले उसको नराम्रो केहि चाहेको थिएन ।

ठ्याक्कै मेरो फोनमा नचिनेको फोनबाट फोन आउनु र मैले फोन हेर्नु सँयोग रहेछ किन भने मैले फोन कहिले पनि उठाँदैन किन कि मेरो फोन जहिले पनि म्युटमा हुन्छ र मेरो फोन मा ५ ६ वटा मिस्कल न आउनजेल सम्म मैले कसैलाइ फोन गरेको अथवा फोन उठाएको रेर्कड छैन । 

तर क्या सँयोग यसपल्ट फोनउठाए, फोन उठाएको केही समय त कोही बोलेन मैले हेलो हेलो भन्दै थिए र म आधि निन्द्रामै थिए मैले सोच्दै थिए फोन काँटि दिउँ तर के ही समय पछि फोनम कुनै केटीको आवाज आयो । 

मैले हेलो भने
उस्ले पनि डराए जसरी हेलो भनी
अरु दूइ शब्द के वोलेकी थिइ
मैले उस्को आवाज चिनी हाले
अरे तिमी भने
अँह म भनी उस्ले म निन्द्रमै थिए
उस्ले भनि कसरी चिन्यौ नम्बर सेभ थियो होला
हैन हैन कहाँ हुनु
मैले भने मैले कसैको नम्बर सेभ राख्दैन यार
बस तिम्रो आवाज नै काफी थियो मैले चिनी हाले ।
हैन होला भन्दै थिइ तर पछी मानी,
अनि मेरो नम्बर सेभ रैछ तिमी सँग भनेर सोधेँ
हैन यो नम्बर त याद थियो

ऐ ऐ होर?
हो भनी उस्ले

अनि अरु के गर्दै छौ त?
केहि हैन यार यस्तै लोकसेवा को तयारी गर्दै छु भनी
ए ए होर केको लागी अधिकृत की बैँक
खै अब त सबै दिन पर्छ क्यारे, घर बाटपनि सारै प्रेसर छ
प्राइभेट जागीर खाइस भने मेरो साम्मुने पनि न आइजारे भन्नुभाको छ रे मम्मीले ।
ए हो र भने मैले ।
म एक छिन त मौन थिए

अनि कति पछी है कुरा भाको पनि, साँथिहरुको त याद पनि आँउदैन है
खै यार अब के भनौ
म फेरी मौन भए
२०१२ पछि २०२० मा है कुरा पनि?
मैले भने अँ हो पक्कै हो २०१२ पछि सिधै २०२० मा है
म त्यसपछि के भन्ने भनेर अकमकीए

उस्को बारेमा के भनौँ उ र म १२ सम्म सँगै पढेको पढ्दा पढ्दै अलिकतीमाया पनि थपीएछ की,  खै के भनौ सानै थियो, सानो हुँदा जे गरे पनि सबै रमाइलो लाग्छ, सबै आफ्नै लाग्छ ।

यस बिचमा धेरै कुरा भए, अरुका कुरा हरु टन्नै ग्यौँ, के राम्रो के नराम्रो धेरै कुरा यता उती जागीर सागीर कतीहो कती जहाँ सम्म लाग्छ, १५ २० मिनट त ति कुरा हरु नै भए होला ।

सायद आज ८ बर्ष पछि म सँग कुरा गर्ने जाँगर चलेछ, त्यो भन्दा पहिले उस्ले मलाइ कहिले पनि फोन गरेकी थिइन ।

अनि उस्ले भन्दै थिइ हेर न यार उस्ले त बैँकमा नाम निकाली छे, पढेको पनि थिएन रे खै के हो यार भाग्य भाका हरुको फटाफट नाम निस्कीन्छ, हाम्रो त खै कहिले निस्कीने हो खै ।

मैले भने, होे यार मैले पनि मेरो फुफुबाट थाहापाको थिए, उस्को नाम निस्केछ भनेर उ त मेरो बल्क लीस्टमा छ आजभोली । म अलि ठुलो हुन खोज्दै थिए, तिम्लाइ के थाहा मेरो बल्क लिस्टमा कति जना छन । मेरो त टन्नै छन, कति धेरै हो ।

उस्ले भनि मेरो पनि धेरै थिए तर मेरो पुरानो एकाउन्ट खै के भयो । अनि यो नयाँ हो त्यसबाट तिमीलाइ एड गरेको तर उस्ले एड गरे पनि फेसबुकमा च्यट भन्ने कुरा एकदमै थोरै हुन्थ्यो, बर्षको एक दुइ चोटी । 

अनि उस्ले सोधी तिमीले मलाइ कति चोटी बल्क अनबल्क ग्यौ भनत, किन गरेको त्यो भनन ।
अनि मैले यतिकै भनेर टाल्न खोजे र उस्ले मानी तर उस्ले भनी अब यो नयाँ लाइ चै बल्क नगर है, पिल्ज ।
मैले अँ अ हुन्छ भने ।
अब सोचौँ भने उ मौन भइ होला । सोच्दै थिइ होला ।
मौन छु भन्दा भन्दै
तिमीले मलाइ मौनताको अध्यारोमा
पुराएको पत्तै भएन
भन्थ्यौ यो जीवन त एक
पल मात्रै हो
हाम्रो माया त जन्मौँ जन्म हो भनेर
तर अहिले कहाँ
हरायौ खै
मलाइ सोध्न मन लाग्यो तिमी र मैले खाएका बाँचा कसम के त्यसतै ब्यर्थ आँसुका खोलामा बगेका हुन?
अब असपास बाट गुजरीदा पनी नदेखेजस्तै गर्नू
किन मायाले पनि
मायालाइ छल गर्न भनेकै हुन?
खै
म मौनताको अध्यारोमा छु
लाग्छ
उ त्यो अध्याँरो कोठामा कोइ
लुकेर बसेको छ
के ही बेर आँखा झिम्काए भने
पछाडीबाट आएर डराइदिन्छ की भन्ने डर छ ।
खै माया, रहर, कसम हरु यस्तै ब्र्यथ हुन्छन भन्ने
थाहा पहिलेनै भाको भए
म जन्मनै लिने थिएन
ब्र्यथमा आमालाइ मेरोमायाको दुख दिने थिएन ।

खै के भनौ
स्तभ्द छु
मौनतमा पनी
चिच्याई रहेकी छुँ
मनमै
सँगै लाग्दै छ
आकास मै माथी रौइ रहेको छ ।
खै के भनौ
हामी सानै थियौँ गुच्चा खेल्थ्यौँ
त्यसमा जहिलै मलाइ तिमी मेरो टिममा भए पुग्थ्यो ।
किन भने
त्यती बेला तिमीलाई
हराउन सक्ने न कोइ केटा थियो न केटी
खुुसी लाग्थ्यो ।

म मौनता लाइ अध्याँरोको सँज्ञा दिदै छुँ
जुन अध्याँरोले मलाइ कहिलै छोडने छैन

यो मैले उस्लाइ सम्झेर लख्दै छुँ उस्को अवस्था यस्तै त छैन अहिले मलाइ जहाँ सम्म थाहा छ तर यो अवस्थामा एक चोटी पुगी की भन्ने बिश्वास छ ।

आज म कुन परिधी भित्र गुम्सीएर पुराना कुराहरु उखेल्दै छु । म किन आगोमा ध्यु छर्किने प्रयास गर्दै छुँ? जिवन माया यस्तै हो भन्ने थाहा हुँदा हुँदै पनी किन मैले यो अर्थ बिहीन जिवनलाइ फेरी जिउँदो बनाउने प्रयाश गर्दै छु ।

यि प्रश्नहरु मैले आफैलाइ किन सोधिराखेको छु पनि मलाइ थाहा छैन ।

बस आज मैले उमेर लाइ गाँठबाधेर पछाडी फर्किने प्रयास गरे तर त्यो संम्भव रहेन छ । उमेर लाइ जीत्नको लागी मृत्युको पोको हाम्रो लागी बाँधीएको रहेछ । हो पक्कै हो, तपाइ मान्नुस या नमान्नुस उमेर जतीसुकै भएपनी मृत्युचैँ सबैको टाउकोमा लेखीएको रहेछ ।

आज यो उमेरको कुरा गरेर, म आफैलाइ याद दिलाउन चाहन्छु की मैले उस्को बारेमा के सोच्थे ।

बस मैले उमेरको गाँठो बाँध्न खोजीराखेको थियो उस्का यादहरुलाइ छिचोल्न । तर संभवनै भएन । 

भनिन्छ मनमा रहेको कुरालाइ मनलेमात्रै याद दिलाउन सक्नु हुन्छ नाकी जवरजस्ती । वस मैले उसको नाम मनमा लिए र मलाइ उस्का सबै यादहरुले खोलामा बगाए जस्तो लाग्यो ।

जब म यादहरुको बहाव बाट निस्कीएर बाहीर किनारमा आए मलाइ उस्को र मेरो पहिलो भेट कहीले भएको थियो भन्नेकुरा याद आयो । 

मेरो र उस्को भेट ९ कक्षामा भएको हो की जस्तो लाग्छ तर तेती बेला मलाइ त्यस्तो केही महसुस भएको थिएन । बिचमा एक बर्ष उस्ले कुनै कारणबस स्कुल फेर्नु परेको रहेछ र त्यो १ बर्षको समय किन गइ उ कतागइ उ भन्ने कुराहरु मै कट्यो । तर मलाइ लागेको थिएन उस्ले फेरी फरर्केर त्यही स्कुलमा आँउछे भनेर । र म उस्को आसमा पनी बसेको थिएन । जब पनी उस्को याद आयो उस्कै साँथीको कारण आयो, जो एकदमै मिजासीलो स्वभावकी थिइन । कहिलेकाँही कुुरा र्गथिनत उस्कौ कुरा र्गथिन । 

जेहोस रमाइलो लाग्थ्यो साँथिहरु सँग बसेर यस्ता गफहरु गर्न, मन लाग्थ्यो । मैले कैले काँही सोच्ने गर्छु मैले गुमाएत के गुमाए ।

१। साँथी

२। प्रेम

मैले एकनम्बरमा साँथीहरु राख्नुको कारण केहो भने मैले साँथी बनाउँदा एकदमै सोचेर बनाउथे । जो पायो त्यसलाइ साँथी बनाउने मेरो बानी थिएन र मेरै काणले अहिले तिँसाँथी हरु सँग मेरो सम्पर्क पनी छैन ।

दोस्रोमा प्रेम राख्नुको कारण उ पहिला मेरो साँथि हो त्यसपछी मात्रै अलिकती भिन्नै सोच दुवैमा जाग्यो र प्रेमको सँज्ञा दिन पुगे ।

अब मैले भन्छु मैले के पाँए 

१। याद

अब जेपनी बाँकी रहन्छ जीवनमा त्यो सबै यादहरु हरु हो र यि यादहरुले कहीले पनि साँथ छोडने छैन । धन सम्पती, साथी सँगी सबैले छोडेर जालान तर यादहरुले अँह ।

तपाइलाइ जिवनको सुरुवात याद नहोला तर अन्त आँउदै छ भन्ने पक्कै याद आउने छ, तपाइलाइ जन्मदाको पिडा याद नहोला तर मृत्यु हुँदाको पिडाले केही समय भए पनी तपाइलाइ धेरै कुराको याद दिलाउने छ ।

त्यस्तै आज म पनी उस्को यादहरुमा बगेको छुँकी जस्तो लाग्छ । हो मलाइ उस्को याद कयौँ बर्ष पछि यसरी आयोकी मैले आज केही लेख्ने प्रयास गर्दै छुँ ।

हाम्रो भेट फेरी कक्षा ११ मा भयो, मलाइ तेतीबेला सम्मपनी उस्को बारेमा तेस्तो केही पनी महसुस भएको थिएन ।

तर जे जस्तो भए पनी उ अरुभन्दा एकदमै फरक थिइ, थोरै बोल्थी, उस्को एउटामात्रै साँथी थिइ र जहिले पनी उ सँगै हुन्थी । कलेज आउँदा होस या घर जाँदा होस साथी सँगै आँउथी र जान्थी ।

उस्को रुप रँगको कुरा के गरौँ उ मेरो लागी अरुभन्दा एकदमै फरक थिइ, गोलो लाम्चो मुुहार, चिटिक्क परेकी, पढाइमा पनी त्यसतै अब्बल । त्यस्तो केटीहरुको हाम्रो स्कुलमा खाँचो थियो । 

अनि मलाइ याद भए सम्म केटीहरु उस्को सुन्दरता भन्दा उस्को लामो कपाल देखेर डाहा गर्थे । मलाइ पनि उस्को सबैभन्दा राम्रो लाग्ने कुरा उसको एकदमै लामो कपाल थियो । किनकी त्यो लामो कपालमा उ झनै सुन्दर देखिन्थी ।

तर मैले उस्को मुहारमा हाँसो एकदमै कम देख्थे, धेरै बोल्न पनी न खोज्ने, शान्त स्वभावकी उ कहीले काही त एकल काटे जस्तो लाग्थी तर हैन त्यो मेरो भ्रम पछी दुर भयो ।

मलाइ कहिले काँही आफैलाइ प्रश्न सोध्न मन लाग्छ, यो हाम्रो कथा किन आधीमै सकियो यस्ले किन एक जिवीत प्रेमको रुप लिन सकेन, के कुराको कमी भयो यो मलाइ बुझ्न अझैँ समय लाग्छ की जस्तो मैले महसुस गर्छु । 

तर जहाँ सम्ममैले सुनेको छु केटीहरुले सानो उमेर देखी नै धेरै कुरा बुझ्न थाल्छन । मलाइ यो प्रश्न उस्लाइ गर्नु छ । के कुराले यो प्रेमले जिवीत रुप लिन सकेन, उस्लेत पक्कै बुझेकी होला ।

तर म उस्लाईनै यो प्रश्नको भार एक्लैबोक्न दिन चाहन्न, मलाइ जहाँसम्म लाग्छ हाम्रो उमेरको खेल यसमा पक्कै छ । 

मैले कुनै दिन एकान्तमा बसेर उमेर सँग बहस गर्न पाए भने सबै भन्दा पहिला आफैलाइ दुइ थप्पड हान्थे र म उस्लाइ भन्थे म पागलहुँ जो तँ सँग बहस गर्न आँउदै छु ।

बस मैले आफैलाइ दोष दिन चाहन्छु, आफ्नो अपरिपक्कतालाइ दोष दिन चाहन्छु तर यति भन्दा भन्दै म मेरा भावनाहरुलाइ कुनै दोष दिन चाहन्न किन की मैले उस्को नराम्रो कहिले पनि चाहिन र तिँभावनाहरु झुटापनी थिएनन ।

बस यो हुनु त हाम्रो जिवनमा लेखीएको रहेछकी जस्तो लाग्छ । उ कक्षा ९ पछी गायव हुनु, फेरी त्यही स्कुलमा आउनु र हामी नजीकिनु । यो सबै समय र हाम्रो मिलेमतो को प्रतिफलहो जस्तो लाग्छ ।

यदि मलाइ र उस्लाइ भविष्यमा यस्तो हुन्छ भन्ने थाहा भएको भए म र उ यो भुमरीमा पर्ने नै थिएनौँ जस्तो लाग्छ । भनिन्छ समयको अगाडी कस्को के नै लाग्छ र? त्यो सतप्रतिशत हो, नत मैले नै केही गर्न सके, नत उस्ले ।

अब म कसरी भनौँ कि यो त सब केही क्षणको लागी थियो, उस्को सुन्दरताले म सम्मोहित भएको थिए तर यदि मैैले यो सोच्दै छुँ भने म गलत हुँ जस्तो लाग्छ किनकी सुन्दरताले हुन्थ्यो भने पहिलो भेटमै उ प्रति केही आर्कर्षण हुनु पर्ने हो । तर त्यस्तो मलाइ केही पनी भएन ।

अब केही समय बितिसकेको थियो बल्ल १ २ महिना पछि त हामी अलि राम्ररी हाइ हेलो हुन थालेको थियो जेहोस अबचै हाइ हेलो हुँदा खुसी लाग्थ्यो । हामी कहिलेकाइ गृहकार्याको बारेमाचँै कुराकानी गर्थयौँ । किनकी उ पढाइमा एकदमै राम्री थिई ।

जसरी मैले भने नी मलाइ उस्को सबैभन्दा मनपर्ने उस्को लामो कपाल हो, लामो कपालमा चुल्ठो बाटोस या खुला राखोस उस्लाइ दुवै राम्रो सुहाँउथ्यो । दोस्रो कुराचँै  उस्को लेखन थियो । क्या चिटीक्क परेको शुद्ध र सफा लेख्थी उस्ले । त्यसैले कहिले काँही गृहकार्य गरेकै भए पनी उस्को कापी मागेर लेखेजस्तो गर्नचैँ सारै रमाइलो लाग्थ्यो । 

अनि कहिलेकाँही अरुले कापी माग्दा उस्ले दिन न खोजे जस्तो गर्थि तर मैले ठ्याक्कै मलाइ देउन भनेपछी उस्ले सिधै दिन्थी, मलाइ झन खुसी हुन्थ्यो । 

त्यतीबेला सानो सानो कुराले पनि धेरै खुसी दिन्थ्यो । हामीले त्यतीबेला आमाबुवाको कुराहरु हरु बुझ्दैनौ किनकी हाम्रो खुसीहरु तेतीबेला बच्पनमै हुन्छन, त्यती परिपक्क हुँदैनन र धेर थोर जे भएपनी हामी त्यसमै रमाउँछौ । हामीलाइ आमाबुवाको कुुराहरुको महत्व त्यतीबेला थाहा हुन्छ जतिबेला हामी अलि परिपक्क हुन्छौँ र केही जिम्मेवारीहरु आफ्नो काँधमा लिन थाल्छौँ ।

अनि हामीलाइ अझै नजिकीन हेमन्त ऋतुले धेरै सहयोग पु्याएको थियो । किनकी बिहानको कक्षाहरु हेमन्त ऋतुमा धेरै चिसो हुन्थ्यो । हेमन्तको आगमनमा मेरोमन उफ्रीएर आउँथ्यो किनकी कक्षाकोठामा सँगै नबस्न पाए पनी घाममा सञ्चालन हुने कक्षाहरुमा त उसँगै बस्न पाइएला भन्ने रहर हुन्थ्यो । बस मैले सक्दो प्रयाश गर्थे उसँगै बस्ने ।

मैले भने भने म नै अच्चम पर्ने छुँ तर यो बाहेक हामी हरु बिच अरुकुरा हरु केही पनी हुन्थेन । बस स्कुल आयो, पढ्यो खेल्यो र गयो । त्यस्तो अरुको जस्तो लामो समय सम्म कुराहुनु भनेको त खै के हो थाहै थिएन ।

हाम्रो प्रेम एक फरक समाधी थियो, जुन पछी समाधीमै परिणत भयो ।

हामि बिस्तारै बिस्तारै नजिकीदै गयौँ, मेरो ३ ४ जाना साँथी हरुलाइ थाहा थियो उस्को र मेरो बिच केही चलिराखेको छ । अरुहरुलाइ पनि थाहा होला तर म अरुहरुको कुरा यहाँ बयान गर्न चाहन्न ।

मलाइ अझैसम्म याद छ उस्लाइ एक दुई जना अरुले पनी मन पराउँथे । एउटा साँथिले उस्को नम्बरखै कताबाट पाएछ र उस्लाइ फोन गरी जिस्काइदिएछ र भनेछ तिम्रो नम्बर मैले उस्बाट पाएको हो र म तिमीलाइ मन पराउँछु ।

दोस्रो दिन स्कुलमा त्यो कुराले ठुलै रुप लिएको थियो । मलाइ याद छ त्यो केटालाइ सरहरुले हप्काउनु पनि भएको थियो ।

त्यो केटाले उस्लाइ त्यस्तो भन्दा मसँग रिसाउन स्वभावीक हो तर मैले त्यो केटालाइ उस्कोे नम्बर कदापीदिएको थिइन । मलाइ अहिले सम्म त्यो पनि थाहा छैन की उस्ले कसरी उस्को नम्बर थाहा पायो र उस्ले किन मैले उस्लाइ उस्को नम्बर दिएको हो भनेर भन्यो ।

मलाइ साह्रै रिस पनी उठेको थियो त्यो केटा देखेर । झगडा गर्ने मन थियो तर मैले यति सम्झेकी आफै भएर कहिले पनी झगडा गरेको छैन । हो मलाइ रिस उठ्छ तर मैले त्यसतो गलत कदम कहिले पनी चालेको छैन ।

खै मैले त्यो गर्नु राम्रो थियो कि नराम्रो मलाइ त्यसको पनी अत्तो पत्तो छैन । 

तर मैले उसँग भनाभनचैँ जरुर गरेको थिए । त्यसपछी देखी मेरो साथिहरु बनाउने क्राइटेरीया झन फेरीएको थियो । मैले त्यो केटा सँग बोल्नै छोडी दिए, उस्को साँथिहरु सँग पनि बोल्नै छोडी दिए ।

मलाइ थाहा भएको प्रेम के हो?

प्रेम एक अज्ञानतामा आगो लगाउन
ज्ञान हो ।
प्रेम एक मौनता बाढी ल्याउने
बर्षात हो ।
प्रेम एक भावनाहरुको समुन्द्रहो
जहाँ भावनाहरुको एक आपसमा
टकरार हुन्छ

यदि दुवैले साँथ रहन चाहे भने
मिलन पनी
नत्र
दुवैको तनावले तुफान
ल्याउन सक्छ
असपासका बस्तीहरु
पनि उनीहरुकै भावनामा
समाधी बन्न पुुग्छन ।
कि प्रेमले बनाउँछ
कि प्रेमले बनेकोलाइ भत्काँउछ
होला प्रेम रहर सबैको तर
अधिकतम यस्लाई
सामाजले भत्काउँछ ।

म यस्लाई कसरी ब्याख्या गरौ, म त नेपालीमा लतारी लतारीदै परीक्षा पास गरेको मान्छे । मलाई शब्दमात्रै थाहा छ, शब्दहरुको अर्थ सोध्ने प्रयास कसैले नगरी दिनुभयोभने म आभारी हुने छुँ ।

माफ

याे कथाऽ कल्पनिक आधारमा बनेकाे कथा हाे कसैकाे जीवन सँग मेल खान गएमा त्यसकाे लागी माफ गर्नु हाेला । 


Post a Comment

0 Comments