माैनता

मौन छु भन्दा भन्दै
तिमीले मलाइ मौनताको अध्यारोमा
पुराएको पत्तै भएन

भन्थ्यौ यो जीवन त एक
पल मात्रै हो
हाम्रो माया त जन्मौँ जन्म हो भनेर
तर अहिले कहाँ
हरायौ खै

मलाइ सोध्न मन लाग्यो
तिमी र मैले खाएका बाँचा कसम
के त्यसतै ब्यर्थ
आँसुका खोलामा बगेका हुन त?


अब असपास बाट गुजरीदा पनी नदेखेजस्तै गर्नू
किन मायाले पनि
मायालाइ छल गर्न भनेकै हुन?

खै
म मौनताको अध्यारोमा छु
लाग्छ
उ त्यो अध्याँरो कोठामा कोइ
लुकेर बसेको छ ।

के ही बेर आँखा झिम्काए भने
पछाडीबाट आएर डराइदिन्छ की भन्ने डर छ ।


खै माया,
रहर,
कसम हरु यस्तै ब्र्यथ हुन्छन भन्ने
थाहा पहिलेनै भाको भए
म जन्मनै लिने थिएन

ब्र्यथमा आमालाइ
मेरो जन्मिनुकाे दुख दिने थिएन ।

खै के भनौ
स्तभ्द छु
मौनतमा पनी
चिच्याई रहेकी छुँ
मनमै
सँगै लाग्दै छ
आकास
मै माथी रौइ रहेको छ ।


खै के भनौ
हामी सानै थियौँ गुच्चा खेल्थ्यौँ
त्यसमा जहिलै मलाइ
तिमी मेरो टिममा भए पुग्थ्यो ।

किन भने
त्यती बेला तिमीलाई
हराउन सक्ने न कोइ केटा थियो न केटी
खुुसी लाग्थ्यो ।

म मौनता लाइ अध्याँरोको सँज्ञा दिदै छुँ
जुन अध्याँरोले मलाइ कहिलै छोडने छैन ।




Post a Comment

0 Comments