धेरै मान्छेहरुले प्रश्न सोध्ने गर्छन
तपाईको जीवनमा जे जे सफलता पाउनु भयोे त्यसको रहस्य के हो?
मान्छेहरुले भन्ने गर्छन
मिहिनेत लगनसिलता र त्यो कुरालाइ पाउन गरिएको अथाह प्रयास र हठनै मेरो जीवनको सफलताको राज वा रहस्य हो ।
हो त्यही हो पक्कै हो नभएको हैन हामिले त्यती नगरेको भए तपाइ हामि अहिले यो अवश्थामा हुन्थेनौँ होला ।
यो हाम्रो सोचाइमा भर पर्ने कुरा हो । हामिले हाम्रो जीवनलाई कसरी बाँच्दै छौँ र त्यो जीवनलाई कसरी अगाडी बढाउदै छौँ ।
भनिन्छनी हामि जे खान्छौँ त्यही बन्छौँ ।
जे जसरी सोच्ने गर्छौ त्यस्तै प्रकारका घटनाक्रमहरु पनि हाम्रो जीवनमा हुने गर्छन । राम्रो सोच्यौँ भने राम्रो नै नराम्रो सोच्यौँ भने नराम्रो नै ।
धेरै समय पश्चात मैले मेरो साँथि सँग कुरा गर्ने मौका पाएको थिए । उ एकदमै असल मित्र, एकदमै मिहिनेती पनि एकदमै हठि पनि । उस्ले आफ्नो समयमा धेरै नयाँ कुराहरु सिक्दै थियो बुझ्दै थियो, मान्छेको आकार प्रकारलाई पनि समय सँगै नियालिरहेको थियो ।
कहिलेकाँहि उस्लाई लागेका कुराहरु भन्ने गथ्र्यो र मलाइ लागेका कुराहरु मैले पनि भन्थे ।
दुवैजना दाजुभाई जस्तै थियौ र थिएनौँ पनि, किन भने हामि सबैभन्दा पहिला साँथि थियौँ तर साँथी पनि थिएनौ पछि बिस्तारै चिन्यौँ जान्यौँ अनिमात्रै दुवैजनामा दाजुभाई जस्तै भातृत्वपनको सृजना भयो ।
अझैपनि दुवैजना फरकछौ तरपनि त्यो फरकलेनै हामिलाई बाँधेर राखेको जस्तो लाग्छ ।
समयले उस्लाई बहिमुखी र अन्तर्मुखीे साधनाको मध्यबाट अन्तर्मुखी मात्रै बनाउने प्रयास गर्दै थियो र उ केही समयकोलागी भयो पनि । उस्ले धेरैकुराहरुको बोध गरिराखेको थियो किनकि उस्ले जीवन जे सोचेकोथियो त्यो थिएन ।
जीवन ज्ञान हो
ठुलो साधना
अनि बिज्ञान हो
जति धेरै दिन बित्दै गए
त्यतीनै धेरै रहस्य खुल्ने एउटा
आख्यान हो ।
मैले उस्लाइ जन्मदिनको शुभकामना दिन बिर्सेको थिए । लगभग मैले ३ दिन पछि थाहा पाए उस्को जन्मदिन थियो भनेर । यसको कारणहो दुबैजना आफ्नै आफ्नौ अवस्थाबाट निस्किरहेका थियाँै, आफ्नै आफ्नै समयलाई रमाउन खोजीरहेका थियौँ ।
आफ्नो समयको त्यो सदुपयोग आफ्नैलागी गरिरहेका थियौँ तर बिर्षेका भने थिएनौ । म्यासेजमा कुरा त भइनै रहन्थ्यो । तरपनि पहिले जसरी जे पनि भनिहाल्ने बानि बसेको थियो त्यो भने थोरै थोरै गर्दै घटिरहेको थियो ।
भनिन्छनी समयले र कामले मान्छेलाई परिपक्क बनाउँछ । हो सायद हामि दुबै जना त्यही कुरालाई बुझ्ने प्रयास गरिरहेका थियौँ ।
फोन गरे, उस्ले उठायो, मैले भने ूज्बउउथ द्यष्चतजमबथ तय थ्यग द्यचयू, उसले ूत्जबलपक ःथबलू भन्दै जवाफ फर्कायो । मैले त हेर बिर्से छु यार यादै भएन । आज ३ दिन पछि भन्दै छु । अनि के छ हालखबर के गर्दै छस आजभोली स्वास्थ्य कस्तो छ, मैले प्रश्न पछि प्रश्न तेस्र्याए ।
उ एकछिन मौन भयो शान्त भयो अलिकति समय लियो र शालिनता भावले उस्ले जवाफ फर्कायो ।
ब्रो हेर जन्मदिन बर्षको एकदिन मात्रै हुँदैन । हरेकदिन हामिले नयाँ जिवन बाँचिरहेका हुन्छौँ, हरेक दिन जीवनको अन्तिम दिन पनि हो र त्यही दिनमा समय पनि छ । त्यसैले यो मिथ्यामा बसेर के काम । हामिले कुनै दिन जिवनलाई जीउनै जानेनौँ भने? कुनै दिन सुतेकै अवस्थामा थाहै नपाई अन्नतलाइ स्वीका¥याँै भने । कुनै दिन निदाएकै अवस्थामा हाम्रो आत्मानै शरिरभित्र पस्नै मानेन भने? के ? त्यसैले जीवनको सुस्मभन्दा सुस्म समयलाई पनि हामिले कृतज्ञता ज्ञापन गर्नु पर्छ ।
म स्तबध भए ।
0 Comments