मेरो आजको उमेरलाई ख्याल गरेर हेर्दा म एक व्यस्क, आफ्नो पोरख पेलेर खान सक्ने आदीम भै सके, दाँतहरु पनी झर्न सम्म झरीसके तर पनी मैले यात्रा के हो भनेर अझै ठम्याउन सकेको छैन ।
जीवन के हो? बुझ्न सकेको छैन
कहीलेकाँही लाग्छ
हावा सँगै बगी दिउँ
वादल सँगै उडी दिउँ
तर बिलौना
न म सँग
पखेटा छ
न म सँग
त्यो चाहत
म रहरलाइ मात्रै कति हेरी रहुँ, को कस्को कुरालाई सुनी रहूँ, कस्को कुराको अमल गरुँ?
त्यही रहरहरु सपनाहरु कै कुराहरु गरीरहँदा, घर परिवारले म बाट के कति आँसाहरु सजाएका होलान्,
म लाई, आफैलाई प्रश्न गर्नु छ, के मैले त्यो सबैकुराहरु पुरा गर्न सक्छु त?
के मैले त्यो सबै बुझ्न सक्छुँ त?
कहीले काँही छेक छाक मिलाएर घरतीर जाँदा भन्नु हुन्छ, बाबु अब त बिहेको उमेर पनि भै सक्यो, के छ चहलपहल, कि अब आउने मंसिरमा बाँजा घन्काउनु प¥यो, कि बैशाख ।
पछि फेरी उमेर पनि बढदै जाने हो हेर, जे कुरा पनि समयमै गरेको बेस, अझै, उ मल्ला घरे दिदिको हालत हेर पढ्छु भनेर ३५ बर्ष सम्म बराली रही, ३५ पछि बे हुन त भयो तर, परिवार सुखि हुनचैँ सकेन ।
बुझीस,
बुझीस, नि हाम्रो भन्या?
यो त यस्ताकुराहरु को सुरुवात मात्रै हो, उहाँ हरुका इच्छा चाहानाहरु केही हद सम्म अडिग त रहन्छन, जो मैले भनु अथवा हामीले पुरा गर्नै पर्छ, तर आफ्ना भने, पल पल हर एक पलमा नयाँ नयाँ लुगा फेरीए झैँ फेरीइन्छन र बदली रहन्छन ।
म सोच्छुँ यस्तै हो भने कसरी सम्हालीएला जीवन, म घोत्लीन्छु, यस्तै हो भने कसरी अगाडी बढ्ला जीवन । चारै तिरबाट यस्तै कुराहरुले घेरी रहँदा म एक छिन त पागल झैँ हुन्छु, फेरी सोच्छु अब त कसैलाई सुइको नै नदिइ, घरबाटै निस्की दिउँ, कुनै जँगलमै भए पनि एक रात त बसी दिउँ ।
म त्यसरी अचानक घरबाट निस्कदा, परिवारमा केही तनाव त अवश्यनै हुन्छ, मैले त्यो बुझ्न सक्छु तर मेरो मनको यो तनावलाई हटाउन मलाई यही कुराको आवश्यकता छ जस्तो लाग्छ ।
किन हो, किन यस्तै अवस्थामा लाग्छ, मानवता त अवश्य होलानी हामी मानवहरुमा । म त्यसरी निस्कीएर बराली रहाँदा, भोकले पेट चिमोटी रहँदा, ए बावु आउ ल एक गास भएपनि हाँम्रै थालबाट खाउ कोही त भन्लानी?
तर खै, त्यो मेरो, घरबाट कसैलाई सुँइको नै नदिइ निस्कने इच्छा शक्ती किन एकै छिनमा हराँउछ थाहाँ छैन । बिजुली चम्कीएझैं आँउछ र एकै छिनमा हराइ भाग्छ, त्यसैले मैले मानवता छ की छैन भन्ने कुरा पनि ठम्याउन सकेको छैन र मैले त्यसतो अवस्थाको मिठास पनि लिएको छैन
तर मलाई त्यसरी निस्कने इच्छा बारम्बार नआएको चैँ हैन, धेरै पटक आयो । जहाँ सम्मलाग्छ, त्यो इच्छा शक्ती बारम्बार भाग्नुको कारणचैँ परिवानै हो, उहाँ हरुले मेरोलागी देखेका सपना र उहाँहरुको म प्रतिको दृढ बिश्वास, त्यसैले मलाई बारम्बार त्यो हचुवाको कदम लिनबाट रोक्तछ ।
कि के कस्तो हो?
तपाईहरुलाई के लाग्छ?
आँखिर परिवारले देखेका तिँ सपनाहरुलाई पुरा गर्न तिँ कदमहरु नचलेका हुन?
कि परीवारको डरले?
अथवा
कि हिम्मतको कमिले?
के हो जस्तो लाग्छ?
तपाई हरु पनि आफुलाई यस्तै अवस्थामा राखेर सोच्नुहोस र आफ्नो क्षमताको आँकलन गर्नुहोस ।
0 Comments