समय



यि जमाना यस्ता गए
कि अहिले मेरा
दाह्रि जुँगा
कपाल फुलेर
सेताम्मे हुन आँटी सके

मान्छे हरु ले भन्लान
लौ हेर
जिउँदो हिमाल
हिउँ बोकेर
मृत्युलाई पर्खि रहेछ

मलाई कुनै रहर छैन
कि मेरा प्रभु
मेरा गुरुहरु सँग बिदा लिने
यि जमाना पनि यस्ता गए
कि अहिले उहाँहरु

के हि समय पश्चात म
रुँदै जिवनको कृतज्ञता ज्ञापन गर्ने छौँ

[म] संग
[म] भन्दा ठुलो शब्द
अझै छैन कि जस्तो लाग्छ
यो उमेरले पिठ्युका ताख्ता
पट्याई सकेको छ तर
अझै मलाई
मेरै उमेरको घमण्ड छ

त्यसैले [म] बाहेक मैले
अरु कुनै कुरामा अथवा
अन्य शब्दमा लेखेको
सोचेको देख्दिन
कहिलेकाँही
यो बिवादित सामाजलाई पनि
मेरै बाटो हिँडेको देख्छु
म शब्द बिहिन छु
सुन्नुस है सुन्नुस
म शब्द बिहिन छु
ए प्रभु
भोली तपाईको पनि
त्यही अवस्था आउने छ
म आज समय बिहिन छु
सुन्नुभयो?
मैले भने म समय बिहिन छु
आज गर्छु भनेको
भोली भएछ
भोली गर्ने भनेको पर्सि भएछ
पर्सि नेर्सि भन्दा भन्दै
आर्यघाटमा
आत्माहरुको ताण्डव रहेछ
यो किन यस्तो
यहाँ मेरो घमण्ड बढी की
समयको
लाग्छ म र समय बिच
महाभारत चलि रहेछ
यहाँ समय अर्जुनका सारथि
कृष्ण हुन

म भिष्म पितामह्
भ्रम यस्तो थियो कि
मेरो इच्छा मृत्यु छ
तर
जान्नुस है जान्नुस
जन्म पनि हरी
मृत्यु पनि हरी
पल पल
हरेक
हर एक समयका
कृती पनि हरी - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments