हो म दरबार स्क्वायर!



म अडिग छुँ
बुझ्न जटिल छुँ
हो हल्का डगमगीए भुकम्पले
तर मेरो सिर निहुरिएन ।

खसे होलान केहि पत्थर हरू
तर आस
अहँ अझै मरेको छैन
म फेरि पुनः निर्मित अवस्थामा छुँ
बन्छु म फेरि आउनुहोला
तपाइका साना, मझ्यौला र ठुला
क्यामेराहरूमा कैद गर्नुहोला
त्यसैले म दरबार स्क्वायर,
दिन दिनै पुरातन मेरो सान भनेर
नियाल्दै बस्नेहरू लाइ सम्मान दिन्छुँ ।

मलार्इ कयौँ बर्ष देखि अढिग
नेपालको शान, मान भन्छन तर
भुकम्प ले,
अलि कति थोरै कुरूप बने
तर म अझै अडिग छुँ,
निर्माणाधिन छुँ ।

हेर्दा फलामे रड्हरूले झन घेरिएको देखिन्छुँ
लाम्चा ताख्ता र काठहरू ले टेकिएको देखिन्छुँ
आस बाहेक बिकल्प केहि छैन,
लाग्छ सरकार ले साँथ दिए
म अझै सुन्दर र मजबुत भएर निस्किने छुँ ।

हो म तेही दरबार स्क्वायर ।

दिन दिनै कयौँ आँखामा बस्ने गर्छु
दिन दिनै कयौँ पाइलाहरू मेरो वरिपरि चालिइन्छन
कोही मेरो अवस्था देखेर रोकिइन्छन
कोही झुक्छन ।

हो म तेही दरबार,
कयौँ पल्ट क्यामेरामा कैद
कयौँ पल्ट आँखाहरूमा रिझ्छुँ, म भिझ्छु,
कयौ पल्ट त सपनाहरूमा पनि देखिन्छु,
अरे खैरेले भनेको ।

दिन दिनै,
हर एक दिन तस्विर हरूमा कोरिन्छु
बारिक बारिक मलार्इ नियाल्छन
भित्ताका मेटिन लागेका महाँकालका,
तस्बिर हरू कयौँ पल्छ छिचोलिन्छन

सेतो पानामा कालो रंगको पेन्सिल ले
बन्छु, मेटिन्छु, फेरि बन्छु फेरि यो भएन है
भनेर मेटिन्छु, बन्छु मेटिन्छु र फेरि नियालीन्छु
हो म तेहि दरबार स्क्वायर।

यहाँ जोडी हरू नी आँउछन,
हात समाइ बस्छन
आफ्नो माया एकै छिन,
अँह अँह मलाइ नियाँलछन बरू
भित्ताहरूमा कोरिएका बिचित्र चित्रहरू हेर्छन
र हाँस्छन, क्या राम्रा छन है,
छेउ छाउमा रहेका मुर्तिहरू
हेर्दै, गहिरिएर सोच्दै एक अर्कालाइ भन्छन
कसरी कस्ले कोरेको होला है,
कति मिहेनेत लाग्यो होला है?

हो म तेहि दरबार स्क्वायर । - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments