रचयिता — म आफै फरक समस्या



यो दुनियाँमा
कई छन कुरा
भिन्नै प्रकृती
भिन्नै भावना
अनि सबैको
मनमा धारीलो छुरा ।

भिन्नै छन
रचयिता
भिन्न भिन्नैको
भिन्नै छ बनोट
म एक्लै मात्र हुँ र?
भिन्नै छन प्रजाती
भिन्नै छ छनोट
उनी भन्छन
हिजो हिजो थियो
आज आज छ
म कहिले सम्म छुँ
त्यो सबै रचयितालाई
मात्र थाहा छ ।

उमेर पनि अन्त बिन्दुको
मासतिर लाग्यो
कारीगरले तोकेको
ठाँउ पनि नाग्यो
बाँचेको छुँ त
केवल कसैको आशिशले
खाएर लाग्ने
जीवन नै भाँग्यो ।

कयौँ दिन देखी
के ही
गरौँ
कता जाँउ?
कतै जाँउ
कतै गएर
आफैलाई लुकाउँ
जस्तो
अघोरी बाबाको
कयौँ बर्षको
तपष्या कस्तो?
घरी घरी कसैले
आए
मलाई समाइ
हल्का
झलझलाए?
प्रफुल्ल छुँ
गहनता जस्तो
कुम्भकर्णको निन्द्राबाट
भारफुक गरी
रामलेनै मलाई
झट्ट जगाए ।

माथिका सबै
काम र कुरा
सपनाकै मदिरामा मात्तीएका छन
मदिरा प्रश्त
मेरो ज्यानका हड्डीहरु
अख्यान
उखान टुक्कामै नाचेका छन
आजको लेखनमा
भग्वान बनेर दुनीयाँ रचे
दुनीयाँ बनेर तिमीलाई मानव
तिम्रै जीवन चक्र
त्यै भग्वान
मैले नै रचे

सोच्दै थिएँ पुरै एक
कविता लेखीदिउँ
सामाजका सबै
समस्या समेटी दिउँ
भावनामा बग्दै थिए
कल्पनामै थाक्दै थिए
रातभरी जागाराम
दिन भरी सुत्दै थिए
दिउसो जब म जागे
खुट्टा निमोठे
मछ्छरले टोकेका निलडाम
एक ताक कन्याँऐ
जुरुक्क कम्बल तानेर
भुसुक्क फेरी निदाए
यस्तै हुँ म रचयिता । - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)

Post a Comment

0 Comments