![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjhovAntbVeVGghGsaY4qRm5BXQaGEXN4YF0HMcu1fMa9GLCDNKUuSYCG4SKGY9brK3DT8QS1DNAJZ4Eiru4TkVHMpuTAls8xEuM-0nYKTmqkhxPn2JucPTyWhhroqmS_deWGr6GEGSonXYZAAZsUuU36f6ycLr_jBMmXZ2PKPytv0_HY5yeyxIkxRyLg/w640-h424-rw/%E0%A4%A8%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%20%E0%A4%A8%E0%A4%BE%E0%A4%A8%E0%A5%80.jpg)
आज निन्द्रा नानी कता हराइन छिन
भनेको थिएँ
आउ सँगै
जीवनका सुन्दर सपनाहरुमा सँगै रमाउँला
त्यही जीवनका भयानक यात्राहरु लाइ
सके तोडौँला मरोडौला
नसके दुइ पैतला छदै छन
कुलेलाम
कसैले नहानेको ठोकौँला ।
निन्द्रा रानी
एक्लै भागि छन आज
मलाइ कालो अध्यारो
कोठामा राखिछन आज
दिन दिनै ९ १० बजे नै
आइ पुग्छू है भन्ने
आज जानि जानि बाटो बिर्षीइ छिन आज ।
मैले केही भनेको थिएन
केही सोचेकै थिएन आफै रिसाएर
अर्कैको निदरी सजाउन पुगी छिन आज ।
मैले सोच्दै छू निन्द्रा रानी
एकछिनमा फर्केर आउछिन होला
हिजोका अधुरा सपना र बातहरु
फेरी गर्छिन होला
बाटो बिर्षेर जता पुगे पनि
मेरै सपनाहरुको झल्कोले तडपीन होला
ए भयो भयो म बाटो बिर्षेछु आज भन्दै
एकछिनमा फर्किन्छिन होला ।
- Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)
0 Comments