कोठा खोज्ने संधर्ष



ठुला ठुला सहरहरूमा आँउछौ भने

तिमीले बिध्यालयको परिक्षा भन्दा पनि
ठुलो चुनौति पुर्ण परिक्षा पास गर्नु पर्छ अरे हो रहेछ ।


त्यो हो,
कोठा खोज्ने परिक्षा
र त्यहाँ हुने इन्टर भ्यु
यहाँ नाहि लिखित परिक्षा हुन्छ
नाहि घुस खोरि
जे हुन्छ सब ठाँउको ठाँउ हुन्छ
कि तिमी बस्छौ, कि तिमी फेरि खोज्छौ
तर तिम्रो स्वास तब फुल्न थाल्दछ
जब तिमी कुनै एउटा ठाँउमा टिक्न सक्दैनौं ।

टक्क घरबेटि आउछिन र सानले भन्छिन
भार्इ कोठा खाली गर्नु पऱ्यो १ गते भित्र
के थाहा उहाँलाइ, यहाँ कोठा खोज्न कति गाह्रो छ भनेर
उनलाइ त सान हुन्छ, कोठा छोड भन्ने बेला
उनले अर्को लाइ भाडा बढाउन पाँउछिन
सोझो पऱ्यो भने, के के को पैंसा उठाउने हो, उठाँउन पाँछिन
कराउन पाँउछिन, थर्रथराउन पाँउछिन, बेलाबेला बर्रबराउन पाँउछिन
अझैँ भाडामा बस्ने झन सोझो पऱ्यो भने, भाइ निस्किनु पर्ला है भनेर
डर त्रास पारेर उर्वराउन पाँछिन, कसैले केही कुरा लार्इ हाले भने पनि,
उनी सत्य केहो थाहै नपाइ, तान्डव रूपमा जुर्मुराउन पाँछिन
त्यसैले उनि घरबेटि हुन ।

हो म पनि कोठाखोज्दै छु र
सुरूवात आफ्न्तहरूबाटै गर्छु ।
हरेक आफ्नालार्इ बात लगाए
कतै कोठा खालि भए भन्नु है भने
सबैले कोठा सजिलै पाउने आस जगाए
तर मलाइथाहा थियो
आफ्नाहरूसँग पनि कहाँ समय प्रचुर छ र
त्यसैले म आफै, गल्ली गल्ली चहार्दै, प्रश्नहरू स्याहर्दै सुसार्दै
दिदि, अंकल, कोठाहरू खालि छन कि भनेर डाँक्दै डकार्दै हिडेको थिए ।

आज तिम्रो यो सहरमेरोलागी पराइ
भए जस्तो भान भयोनी थाहाछ?
जब म भाडामा बस्नलाइ कोठा खोज्दै हिडे,
प्रश्नमा प्रश्न उठे,
भार्इ कहाँ बस्छौ तिमी?
किन यति टाढा कोठा खोज्छौ तिमी?
अनि संगै, घर कताहो? को हौ तिमी?
के गर्छौ तिमी? को को बस्छौ तिमी?
यति मात्रै कहाँ हो र,
तिम्रो नाम थर के हो, को हौ, तिमी?
यस्तै नाना थरि प्रश्न कतिहुन कति ।

तिम्रो सहरले यि माथिका प्रश्नहरू सोध्दा
मलाइ कुनै गुनासो छैन, बरू म त खुसी छुँ
तिम्रो सहरले मेरो बारेमा पनि, केहि जान्न त खोज्यो
हो म अपरिचित, अनौठो बटुवा हो, मान्नत खोज्यो ।
तरयहाँ प्रसंग कोठाको थियो
कसैले छ भने तर, भाइ पानी छैन भने

कसैले भाइ ढिलो गर्नु भयो हिजो सम्मै थियो
आजा भाडामा लागि सक्यो भने
कसैले भाइ यतातिर त भाडा महंगको छ
यसो गाँउतिर बुझ्न जाउ भने
हो यस्तै सल्लाहर सुझाव कति कति आए कति
तर खोजेको कोठा पाउन चै साह्रै गाह्रो रहेछ तिम्रो सहरमा ।

तर तिम्ले सोच्यौ होला मेरा पाइला थाकि सके
अब यो ह्याँ बस्दैन भनेर तर हैन
यिँ पाइलाहरू तेतिबेला सम्म थाक्दैनन
जति बेला सम्म आफ्नो गनतब्यमा पुग्दैनन
मेरो कोठा खोज्ने संघर्ष, कोठा नपाउजेल सम्म
उस्तै रहेछन, जस्तो मैले सुरूवात गरेको थिए ।


(Satya Prakash Joshi) सत्य प्रकाश जाेशी

Post a Comment

0 Comments