त्यो, एक्लो सुनसान रात
धमिलो मन्द हावा
अनी चम्किलो आकास
कलकल बग्दो खोला, अनी
मृगहरू कराएको आवाज
अनि झस्ङ्ग हुन्छ एकत्रित मन
ऐय्या ऐय्या भनि चिच्याउँछ जुन
बहरिन्छ झन
स्वाँसँ, फ्याँफ्याँ
स्वास फुलेसरी
कफरिन्छ जुन
डराउन खोज्दै छ उ
हैट हैट
भाग पर जा
रूँदै, कराँउदै
न आइजा मेरो याँ
म हान्छु यलाइ
पिट्छु तलाइ
तर अथाहः प्रयास
अझै जुझ्दैछ
अब तः भाग्नै पर्छ भनि
बाटो एक्लै रोज्दैछ
ठुलाठुला बुट्टे झाँङहरू
लुक्नलाइ खोज्दैछ
मुटुको ढुकढुकि नै
सुनिनछ् कि भनि
प्रतेक क्षण क्षणलाइ
पलपलमै रोक्दैछ ।
नजीकिएको भान अनि
कुलेलामको सुइको
यो पनि भएन भनि
हर पलमै सोच्दैछ
तर जसले जे भनेनि उसले आज
डाँडाकाँडा सब पलभरमै पार लायो
त्यो एक्लो सुनसान रातमा
भोकाएको ब्वाँसो सरि पछाडि फर्किदै
हावासँग बात लायो ।
हावा हुरिझैँ आएको थियो
टक्क अडियो
उस्को स्वास दोहरियो
मुसुक्क हाँस्यो
अब त बाँचियो भनेर
पछाडि फर्कियो ।
खुसि अनुहार फेरि फर्कियो
आवाज गुञ्जीयो, सररक सर्कियो,
भुतुङ्ग लतारियो खोलाको किनारमा!
अब दौडिन खोज्छ
तर असफल प्रयाश
जकडिएका पैँतला लाइ
भाग्न तिखार्छ
तर त्यो पनि
बिफल प्रयाश
खोला पार गर्न
अझै सोच्छ, बुझ्छ
अनगिन्ति अनायास
अनौठा नौला प्रयाश
तर आज उसको मै हुँ लाइ
सपनाले, सपनामै लुट्दैथ्यो
झसंग बिउझियो
युध्दै जितेसरी
छिनको सुस्केरा लियो
अनि फुलेको स्वास रोकेर टक्क घडि हेऱ्यो
छेउको टेवलमा पानीको गिलास अनि
उसले लिएको एक सर्को प्याला
आँङ् जिरिङ्ङभो
अनि ओछ्यानको न्यानो पन
फेरि गुटमुटिएर
नयाँ सपनाहरूको यात्रामा हिँडेको छ उ - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)
धमिलो मन्द हावा
अनी चम्किलो आकास
कलकल बग्दो खोला, अनी
मृगहरू कराएको आवाज
अनि झस्ङ्ग हुन्छ एकत्रित मन
ऐय्या ऐय्या भनि चिच्याउँछ जुन
बहरिन्छ झन
स्वाँसँ, फ्याँफ्याँ
स्वास फुलेसरी
कफरिन्छ जुन
डराउन खोज्दै छ उ
हैट हैट
भाग पर जा
रूँदै, कराँउदै
न आइजा मेरो याँ
म हान्छु यलाइ
पिट्छु तलाइ
तर अथाहः प्रयास
अझै जुझ्दैछ
अब तः भाग्नै पर्छ भनि
बाटो एक्लै रोज्दैछ
ठुलाठुला बुट्टे झाँङहरू
लुक्नलाइ खोज्दैछ
मुटुको ढुकढुकि नै
सुनिनछ् कि भनि
प्रतेक क्षण क्षणलाइ
पलपलमै रोक्दैछ ।
नजीकिएको भान अनि
कुलेलामको सुइको
यो पनि भएन भनि
हर पलमै सोच्दैछ
तर जसले जे भनेनि उसले आज
डाँडाकाँडा सब पलभरमै पार लायो
त्यो एक्लो सुनसान रातमा
भोकाएको ब्वाँसो सरि पछाडि फर्किदै
हावासँग बात लायो ।
हावा हुरिझैँ आएको थियो
टक्क अडियो
उस्को स्वास दोहरियो
मुसुक्क हाँस्यो
अब त बाँचियो भनेर
पछाडि फर्कियो ।
खुसि अनुहार फेरि फर्कियो
आवाज गुञ्जीयो, सररक सर्कियो,
भुतुङ्ग लतारियो खोलाको किनारमा!
अब दौडिन खोज्छ
तर असफल प्रयाश
जकडिएका पैँतला लाइ
भाग्न तिखार्छ
तर त्यो पनि
बिफल प्रयाश
खोला पार गर्न
अझै सोच्छ, बुझ्छ
अनगिन्ति अनायास
अनौठा नौला प्रयाश
तर आज उसको मै हुँ लाइ
सपनाले, सपनामै लुट्दैथ्यो
झसंग बिउझियो
युध्दै जितेसरी
छिनको सुस्केरा लियो
अनि फुलेको स्वास रोकेर टक्क घडि हेऱ्यो
छेउको टेवलमा पानीको गिलास अनि
उसले लिएको एक सर्को प्याला
आँङ् जिरिङ्ङभो
अनि ओछ्यानको न्यानो पन
फेरि गुटमुटिएर
नयाँ सपनाहरूको यात्रामा हिँडेको छ उ - Satya Prakash Joshi (सत्य प्रकाश जाेशी)
0 Comments