मः म मरेछु, ढलेछु, अनि लगिएछुँ म चिहानमा,
मान्छे हरूको भिडमा, म घेरिएछुँ,
नराम्रो सोच्नेहरूका लागि, म आज फेरिएछुँ,
आफ्न्तहरूका लागि, म अन्नतको भुमरिमा बेरिएछुँ ।
.
.
मान्छेहरूः
प्रश्न केवल एउटै थियो,
के भएछ बिचरो लाइ,
किन गएछ एक्लो भाइ,
छोरो एउटै आमा बाउको,
अध्यारो बनाइ गएछ,
शान्त अनि सुन्दर झुपडिको सँसार लाई ।
.
.
मः
रूने कराउने, मलाई समाउने,
दाउराको खातमा, मलाई सजाउने,
हिक्क हिक्क रूँदै, मलाई जलाउने,
अन्नत सम्मको बाटो पार लगाउने को,
आँखामा कलकल बग्दो आँसुको खोला थियो त्यहाँ,
.
.
परिवारः आमा, बाबु, बहिनी
मुर्छित अवस्थामा , थिइन मेरी आमा,
रूँदै, बोलीन चिच्याइन, कराइन,
बाबु, मेरो छोरा गएस केहि नभनी,
हे भगवान् के गरेउ , चाँडो पठाइदेउ उसलाई,
हुँदैन भने मेरो बाँकि उमेर लगाइ देउ उसलाई ।
.
.
छोरा गइस, के दुःख रहेछ तँलाइ,
के को कमी थियो, भनेको भए हुन्थ्यो मलाई,
म सारा संसार डाँक्थे,
भगवान् सँग सारा खुसी तेरो लागि माग्थे ।
.
.
ठुला ठुला सपना देखाइस् दाई तैंले,
मेरा झिना सपना थिए,
उनको आश पनि मेटाइस दाई तैँले,
भन्थिस्, ठुला ठुला कुरा गर्थिस,
सबै सपना पुरा गर्छु मैले भनेर,
यति मात्र बताई दे,
किन गइस आज हामीलाई एक्लै छोडि डरेर,
जीवन पुरै बाँकि थियो तेरो,
जानै पर्ने थियो र मरेर?

Leave a Reply

Your email address will not be published. Required fields are marked *