म अडिग छुँ, बुझ्न जटिल छुँ
हो हल्का डगमगीए भुकम्पले
तर मेरो सिर निहुरिएन ।

खसे होलान केहि पत्थर हरू
तर अास, अहँ अझै मरेको छैन
म फेरि पुनः निर्मित अवस्थामा छुँ
बन्छु म फेरि अाउनुहोला
तपाइका साना, मझ्याैला र ठुला
क्यामेराहरूमा कैद गर्नुहोला
त्यसैले म दरबार स्क्वायर,
दिन दिनै पुरातन मेरो सान भनेर
नियाल्दै बस्नेहरू लाइ सम्मान दिन्छुँ ।

मलार्इ कयाैँ बर्ष देखि अढिग
नेपालको शान, मान भन्छन तर
भुकम्प ले, अलि कति थोरै कुरूप बने
तर म अझै अडिग छुँ, निर्माणाधिन छुँ ।

हेर्दा फलामे रड्हरूले झन घेरिएको देखिन्छुँ
लाम्चा तख्ता र काठहरू ले टेकिएको देखिन्छुँ
अास बाहेक बिकल्प केहि छैन, लाग्छ सरकार ले साँथ दिए
म अझै सुन्दर र मजबुत भएर निस्किने छुँ ।

हो म तेही दरबार स्क्वायर ।

दिन दिनै कयाैँ अाँखामा बस्ने गर्छु
दिन दिनै कयाैँ पाइलाहरू मेरो वरिपरि चालिइन्छन
कोही मेरो अवस्था देखेर रोकिइन्छन
कोही झुक्छन ।

हो म तेही दरबार,
कयाैँ पल्ट क्यामेरामा कैद
कयाैँ पल्ट अाँखाहरूमा रिझ्छुँ, म भिझ्छु,
कयाैँ पल्ट त सपनाहरूमा पनि देखिन्छु, अरे खैरेले भनेको ।

दिन दिनै,
हर एक दिन तस्विर हरूमा कोरिन्छु
बारिक बारिक मलार्इ नियाल्छन
भित्ताका मेटिन लागेका महाँकालका,
तस्बिर हरू कयाैँ पल्छ छिचोलिन्छन

सेतो पानामा कालो रंगको पेन्सिल ले
बन्छु, मेटिन्छु, फेरि बन्छु फेरि यो भएन है
भनेर मेटिन्छु, बन्छु मेटिन्छु र फेरि नियालीन्छु
हो म तेहि दरबार स्क्वायर।

यहाँ जोडी हरू नी अाँउछन, हात समाइ बस्छन
अाफ्नो माया एकै छिन, अँह मलाइ नियाँलछन बरू
भित्ताहरूमा कोरिएका बिचित्र चित्रहरू हेर्छन
र हाँस्छन, क्या राम्रा छन है, छेउ छाउमा रहेका मुर्तिहरू
हेर्दै, गहिरिएर सोच्दै एक अर्कालाइ भन्छन
कसरी कस्ले कोरेको होला है, कति मिहेनेत लाग्यो होला है?

हो म तेहि पाटन दरबार स्क्वायर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *