सम्मेलन र संघर्ष

Posted on
बिम्सटेक

मः उ, उनी र उहाँ सबै हुँ
मः को किन र कसरी
यि कुराहरू लार्इ
छिचोल्दै छु भनेर बुझ्नु परे
अाफैलाइ नेपाल बन्द
परेको बेला को संघर्ष सम्झिनुहोला
हैन भने, यस्ता धेरै क्षणहरू छन
जस्ले तपाइलार्इ कि बाध्य गराँउछ
कि जबरजस्ती नै
तर प्रसंग बिम्सटेक को
जो तिनकुनेको मध्यमा
नेपाल यस्तो छ भनि
झल्काउन तेर्सिएको छ ।

नेपालले बिम्सटेकमा
गरिबि निवारणको काम हेर्ने अरे?
तर नेपाल
तेति गरिब देश हो जहाँ
ठुला ठुला संम्मेलन गर्न
प्रर्याप्त ठाँउनै छैन र
जन्ताहरूले सास्ति भोग्नु परेको छ ।

म प्रत्येक त्यो ब्याक्ति हुँ
जो जोहो गरि अाफ्नो गुजारा चलाँउछ
म त्यो बिध्यार्थि पनि हुँ जस्ले
हरेक दिन बिद्ययालय गएर
नयाँ कुरा सिक्ने अाँसा सजाँउछ
म त्यस्तो कम्पनिमा काम गर्ने
कर्मचारी पनि हुँ
जस्लार्इ यस्ता साना तिना
सम्मेलनहरूको असरनै पर्दैन
तर कर्मचारीको परिश्रम कम्पनिले देख्दैन
नत पिडा सरकारले नै बुझ्छ
कसैलार्इ सिनामंगल बाट सोल्टिमोड
पुग्न पुरै दिन लाग्छ, कसैलार्इ
सातदोबाटो बाट सिभिल हस्पिटल पुग्न
दुर्इ दिन लाग्छ
बिचरा रोगले पनि
उस्को हालत देखि तर्सिएर भन्छ होला
हेर अाज गाडि पाउन गारो छ
तँलार्इ जसो तसो छोडि दिन्छु
भोली पनि हुँदैन
ल अब पर्सि गएस हैत
म कुन प्रकारको रोग हुँ भनेर चिन्न ।

मलार्इ काम छैन यहाँ?
दिन भरि अफिस जान कुद्छुँ
अफिस बाट फर्किन गाडी कुर्छुँ
बस्न सिट छैन भने उभिन पुग्छु
मेरो संघर्ष मैले मात्रै बुझ्छुँ
देश बिकास हुन्छ
राम्रो जागिर पाइन्छ
भन्ने होल्लामात्रै छ यहाँ
सरकार गैर जीम्मेवार अनि
बेक्कर छ यहाँ, भन्ने मात्रै सुन्छु
तर के गर्नु
म जन्ता, मेरो नाम छैन यहाँ
मैले जतिनै उल्लेखिनिय काम गराैं
तेस्को दाम छैन यहाँ
बुझिलेउ सरकार
अब देशलार्इ अब्बल बनाउ
न कि देखावटि
अर्को पल्ट महामहिम हरू अाँउदा
राजधानिको जनजीवन
अार्थिक संकलन अस्तब्यस्त नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *