सपना नै हो सपना

Posted on
सपना

(सपना नै हो सपना)

म दुनिया सँगै हिँडेको मान्छे
अाज फर्केर हेर्दा दुनियाँ अगाडि
र म पछाडि परेछुँ 

नंग्रा खियाउँदै गर्दा
अाैंला समेत खिर्इएछन् 

बोली सुधार्दै गर्दा
रुद्रघण्टीनै तलमाथि सर्न छोडेछ 

भिडलार्इ पछ्याउँदै गर्दा
खोल्सामा परिएछ
खोल्साबाट निस्किन खोज्दा
चिच्याहटको चिहान तर्फको बाटो
मेरो अान्द्रा भुँडीको मस्तिष्कले
मलार्इ डोर्याइ रहेछ
किन? 

मत दुनिया सँगै हिँडेको मान्छे
अाज फर्केर हेर्दा दुनियाँ अगाडि
र म पछाडि परेछुँ 

अवाक हुँदै अाफैलार्इ प्रश्न गर्नु छ
कि म कुन दिशा तिर जाँदै छु? 

जीवन माथिबाट खस्दा
न्युटनको कुन नियममा मेरो जीवनलार्इ लग्याछुँ? 

अर्किमिडिजको सिदान्त सरि
कतै कतै तैर्यापनि छुँ कि?

यस्तै धेरै प्रश्न गर्नु छ । 

लक्ष्य पनि अन्गिती छन
संगै सपनाहरू पनि

सुतेर उठ्दाका सपनाहरू पनि याद गर्नु छ 

दिउसै देखेका सपनाहरू लार्इ पनि
कतै कापिका पानामा भर्नु छ 

जीवनका खोल्सा पनि अाफैलार्इ तर्नुछ
उमेको ढोका अँझै माथि सम्म ढक ढक्याउनु छ 

तर अवाक हुँदै
जिन्दगीको रूवाफ बोक्दै
मेरा सपना, अरूका सपना
मैले कसैलार्इ देखाउने सपना
कसैले मेरालागी बुनेका सपना
यस्तै अन्गिन्ती सपना र मलार्इ दिर्इने
सान्तवना, सबैलार्इ हृदयको ढोका खुलार्इ
हृदयको कोठाभित्रको बाकसको ताल्चा फुटार्इ
त्यही सजाएर राख्याछु, जस्ले मलार्इ
अब अाउने मेरा ८४००० जन्महरूमा
पनि मलार्इ घच्घच्यार्इ रहने छ ।

ढुक्क भए हुन्छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *