बिहान हुन्छ, घर परिवारमा अनुहार सबैकाे हँसीलाे हुन्छ,
घरकाे मुली जुरूक्क उठेर काम गर्छु भनेर अफिस तिर लम्किन्छ,

बेलुका अबेर हुन्छ, झसंग झस्कीए झै, घर फर्किन्छु भनेर निस्किन्छ,

उसका पाइलाहरू, छेउकाे भट्टि तिर फर्किन्छ,
२, ४ प्याला मात्रै हैन, बाेतलका बाेतल एकै साँथ सक्कीन्छ,
सडकमा ल्लड्याङ, बल्ड्याङ, गर्दै, घरतिर फर्किन्छ,

उसकाे गालालाइ पानीकाे प्यास हैन, राताे रगतकाे प्यास रहेछ,
शराब पिउनुत, उस्काे घरमा काेलाहल मच्चाउने रास रहेछ,

उ मज्जामै थियाे, तर घरमा खेपेकाे पीडा उस्लाइ के थाहा,
एक चाेटी उस्काे श्रीमतीले, घरबाट भाग्न खाेजेकाे व्यथा उस्लाइ के थाहा,

उस्काे लागी जीवन शराबै रहेछ,
बानी व्यहाेरा उस्काे सबै खराबै रहेछ,
सबैले उस्लाइ अाफ्नाे नै भनेका थीए तर, उस्लाइ अरूकाे रत्ती भर पर्वाहनै नरहेछ ।

#शराब

Leave a Reply

Your email address will not be published. Required fields are marked *