यादहरू

Posted on
यादहरू

यो जीवनमा तिमी
बशन्तको पालुवा
झैं बनेर अायाै
कलीलो अनी कमजोर
सुन्दर अनी मन मोर

तर हेर्दा हेर्दै
त्यो साउने झरी
अनि त्यो संगै झरेका
ठुला ठुला असिना दाना ।

मेरो कल्पना न हो
अनि त्यो पालुवा टुसाएझैं
लागेको माया
लाग्थ्यो तिँ असिना दानाले
मेरो मायाको मानो भर्ने छन
तर बिड्म्बना
तिँ पुष्पज दानाहरूले
हाम्रो मायामा पारेको असर
र हुत्तीएर अाँतिएर
मुटुनै थर्काउने गरी
बगेका तिँ खोला हरू
र संगै भिरपाखा बाट
बज्रपात हुँदै खुस्कीएका बुट्यान ।

ल सुन्,
बशन्तको पालुवा तिमी
गृष्ममा दिन्थ्यो मलार्इ छाया
बर्षा को त्यो असिने झरी संगै
भित्र भित्रै लाग्थ्यो मलार्इ अनायासै माया ।

तर त्यो हुरी को चापले
यो मुटुको काप लार्इ
काँप्न बाध्य गराए
टुक्रा टुक्रा हुने गरी
पिट्नु पिटे मलाइ
चुट्नु चुटे मलाइ
मायाको दोधारमा छोडे
अहिले एकान्त र उराठ लाग्दा
जंगल र रूखको छहारीहरू ले
न्यहुलीको कुहु कुहु र हावाको वेग संगै
सांत्वना दिन खोज्दै छन अरे मलाइ ।

मैले चाहेर पनि भुल्न सकेको छैन
मैले रहरले पनि सबै संग खुल्न सकेको छैन
लाग्छ मलाइ सबैले मजाकने उडाँउछन
सुन्दै जाउ, म भन्दै छुँ
तिम्रा तिँ कानहरू पनि मलाइ सुन्न सकेको छैन ।

लाग्नै थियो, लाग्यो माया
बस्नै थियो, बस्यो माया
चुर्ति फुर्ति हाम्रो माया
बिछोडमा हुने
बियोग माया
रात माया
दिन माया
संधर्षमा पनि भिन्नै माया
अहिले भुल्ने प्रयास
त्यो पनि हामीले चाहेको
बिपरीत माया ।

— the end —

2 Replies to “यादहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *