म पनि एक तारा ।

Posted on
एक तारा

(म पनि एक तारा)
मेरा मनका सपना जगार्इ सारा
प्रस्थान विदेश तिर, बिछोड भुलार्इ सारा
मेरी अामा झट्ट रोइन्, छिट्टै अाइजा है बाबु भनेर
तर म, कल्पनामा कल्पित म
तर म, हर्ष र बिस्मातमा सर्मपित म
तर म, भावनाहरूमा अर्पित म
तर म, घरको माया र ढुकढुकि ले तर्सित म
मलार्इ के थाहा,
म जन्मनु भन्दा पहिले नै
भाविले भबिष्य रूपी किताबमा लेख्ने छन
कुनै दिन म पनि हुन्छु, तेही अाकासको तारा ।

(प्रेरणा र हर्ने)
डर छ तर, त्यो डरको भर नपर
पाप छ तर, त्यो पापको उपहास नगर
मृत्यु छ तर, त्यो मृत्युको कृपा नगर
पुण्य छ तर, पुण्य यति, कति भनेर गणना नगर
स्वास छ तर त्यो स्वास फेर्ने नगर
किनकि
जुन दिन हर्नेलाइ थाहा हुन्छ
ता पनि बाँचेकै छस भनेर
तेरो त्यो झिनो मसिनो स्वास
अलिकति रहेको प्रश्वास
बाँच्ने अाँधार, कल्पनाको प्रकार
सपनाको संसार, खुसिको संहार
भएको पत्तो दिन् हर्ने ले
क्षण भित्रको पलको साँथ पनि दिनेछैन ।

(मेरो रैबार)
जीवन प्रकिया साँथ, माया, डर, भय अनि मृत्यु
यि कुरा हरू मैले सानैमा बुझि सकेको थिए ।
तर मनमा केवल ढुक ढुकी थियो अामाको लागि
उनको त्यो बावु झट्टै अाउ है भन्ने बचन
म प्रतिको माया को लागि

म त क्षण भित्रको पलमै,अाकासको तारा भए
तर पिडा छोडेर गए त केवल अामाको लागि
उनी मलार्इ सोच्दै, बावु अाँउदैछ भनी बसी होलिन
तर कसैले सक्नु हुन्छ भने मेरी अामालार्इ
खबर पुराइ दिनु, अामाको बचन राख्न म
अलि ढिलै भए पनि प्रवास बाट अावास तिर
हुतिएर कुदाइएको चिलगाडिमा अाएको थिए
तर अाँतिएर अाएको हुरिले टुक्रा टुक्रा छिया छिया
पारि मेरो शरिर लाइ त्यो पहेलो, प्लास्टिकमा बेर्न तुल्य बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *