मन

Posted on

हतियार ले हत्यारा सँग भन्याे
अब रेटिने घाँटी हाेइन
सत्य सँग भेट्न मन छ ।

रहरले आज सहर सँग भन्याे
अब म पैँसालाइ हाेइन
प्यास मेट्ने नहर सँग भेट्न मन छ ।

उज्यालाे ले अन्ध्याराे सँग भन्याे
अब म मात्रै कति उदाउनु
तिमीकालाे पर्दालाइ 
मैले मात्रै कति भगाउनु
जीवनकाल जस्ताे हाेस
उज्यालाे लाइ पनि
उनि सँग हल्का 
कानेखुसी गर्न मन छ ।

काटीएका गुलाफले हरेक प्रेमी सँग भन्याे
अब मलाइ ठट्याैली गर्ने दाँतहरुमा हाेइन
जीवन्त साँथ दिने हातहरुमा पर्न मन छ ।

बलेकाे आगाेले आज धुँवा सँग भन्याे
कहाली लाग्ने कालाे मुस्लाे है, तिमी?
मैले त ताप दिन्छु
बाफ बनेर साँथ दिन्छु
तिमी त 
कसैकाे आँखामा आँसु ल्याउन पनि
बेर गर्दैनाै
त्यही भएर
तिम्राे नराम्राे चर्चा नहाेस भनी
तिमीलाइनै बलेर साँथ दिन्छु
तर 
यस्पाली माफ गर्
म तिमी धुँवालाइ हाेइन
मलाइ निभाउने
पानीलाइ मेराे हात दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *