यहिँ, भेडाहरूकाे बथानमा म पनि बस्छु,

केहि नराम्राे हुँदा,
टाउकाे, कछुवा झैँ लुकार्इ, ओझेल म पर्छु,

जीवन के हाे,
तब थाहा भयाे, जब एक युवाले देशकाे लागि बलिदान दिए,

आखा आँसुले तब् टालिए,
जब थाहा भयाे, ति युवा संगै खेलेका रवी राम थिए,

मुटु थर थर काँप्याे, मुटु थर थर काँप्याे,
तिँ नौह् महिना काेखमा राखि जन्मदिने आमालाई कस्ताे भयाेहाेला भनेर,

त्याे पिडा साेच्दा,
मत एकै छिन पागल सरी गाली गर्दै हिँडे थे,

त्याे पहाडकाे टाकुरामा,
चिच्याउँदै कराँउदै, आफै सँग भिडे थे,

तर केहि सिप लागेन,
एकै छिनमा शान्त भए,
आँसुले टम्म भरिएका ति आँखा मिचे र साेचेँ,

कति रहर हुँदा हुन्,
यस्तै हजाराैँ रवी रामका,

जीवनकाे रंगमञ्च सजाउने,
तर क्यारून, देशलाइ, देश र जन्ताको मोह नभएका हरूले हाँक्न थाले पछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *