ब्यान

Posted on
pubg banned in nepal

याे सरकार पनि
कति साेच्दाे रहेछ
हर एक दिन आफ्नै राम्राे
सुनाउँदाे रहेछ
कसैले नराम्राे भन्याे कि
बहुलाएकाे कुकुर झै
साना सान कुराहरु सँग
डराँउदाे रहेछ

याे सरकार पनि
अचम्म लाग्दाे!

केही समय अगाडी
मुलुकी एन आयाे
लेखीयाे
सञ्जालमा सत्य कुरा
शब्द सत्यनै त
थिएन हाेला
तर सञ्जालमा
ट्राेलहरु गर्न बन्द
क्यामेरामा
फाेटाे र भिडियाे कैद गर्न पनि बन्द

त्यस पछिकाे केही
दिनमै बन्दकाे बानी
परेकाे बिप्लवकाे
पार्टि पनि बन्द

बन्दै बन्दकाे
बाटाे हिडेर पनि
नअघाएकाे हाउडे सरकार!

वाह् सरकार वाह्

देशमा कुकृत्यहरु
चरम सिमामा पुगी सके

चरम सिमा भन्दा
देशकाे दक्षीणी क्षेत्रकाे
याद आयाे
भारतले गर्ने गरेकाे अतिक्रमण
सरकारले भारत सँगै
मिलेर चरम सिमामा पुरायाे?

खै के हाे थाहा छैन
तर
भट्किए जस्ताे छू

देशमा कुकृत्यहरु
चरम सिमामा पुगी सके

बलात्कारहरु बढ्दै गयाे भन्दै
अश्लील साइट हरु बन्द

प्रश्न छ सरकार
के अश्लील भिडीयाे
हरुले नै यस्ता
कु कृत्यहरु बढेकाे हो?

मलाइ हाे या हैन,
हाेइन
सक्छस भने
सप्र सँग ब्याख्या गर

बनेका नियम कानुनहरुकाे
कुनै सम्मान छैन
हाम्राे सम्मान सँग पनि
कुनै सम्बन्ध छैन
बस पालना हुनु पर्ने तर
हावादारी सान्तव्ना
मात्रै दिन र लिन खाेज्ने
बर्षकाे मा हजार
पल्ट फेरीने
उखान तुक्कामा मात्रै
रमाउने याे
बुढ्याैली सरकार

लुट्न सके लुट
कान्छा भन्दा
सँसद नै डग्मगायाे
एउटा गित
जस्ले सँसदमै हल्ला
खल्ला मचायाे
अनि त्याे हल्लाकाे
केही समयमै
त्याे गित पनि श्राेताहरुकाे
माझबाटै माैनतामै माैलायाे

मैले भनेकाे थिएँ नि
बहुलाएकाे कुकुर झैँ
साना सान कुराहरु सँग
डराँउने सरकार

अब सरकारले बन्दकाे
लिस्टमा पब्जीमा
परेकाे छ
mokylama,
MilOn
sumit Yt
हरु जस्तै गेमिङ्गमा
करियर बनाउन खाेज्ने
धेरै छन
तर
करियरनै बर्बाद बनाउन
खाेज्ने अर्ना जस्ताे
एक्लाे बाटाे डाेरिने
चुर्ना परेकाे
बकमफुसे सरकार

ब्यान गरेर केही
फाईदाहरु अवश्य हाेलान
तर
सरकार तिमी भन्दा
चतुर जन्ता छ
त्यसकाे कुनै न कुनै
बिक्लप अवश्य हुन्छ
त्यसैले
हावा कुराहरुमा हैन
नियम कानुन पालना
देशकाे सुरक्षा
स‌ँमृद्धि बिकाश
राेजगारी सृजना
बिदेश पलायन भएका
दाजुभाई हरुलाइ
देश भित्राउनेकाम हरुकाे
थालनि गर

Leave a Reply

Your email address will not be published. Required fields are marked *