चिन्दिन म, जान्दिन
भन्या कुरा म, मान्दिन
बाल दिन छाड्दिन
हिराे भाकाे म, ढाँट्दिन ।

लड्दिन् म, भन्दिन
भिड्न अाए म, गन्दिन
शब्द मेराे तरवार हाे
तर घाँटि रेट्न अाँट्दिन
हात खुट्टा भाँच्न जान्दिन
पिडामा पार्न सक्दिन
यथेष्ट खुसी थाहा छैन
तर सपना देख्न छाड्दिन ।

दुःख तलाइ बाँट्दिन
सुःख तलाइ साँटदिन
माया तलाइ, गाँस्दिन

दुःख मेराे,
सुःख मेराे,
माया मेराे,
जीवन मेराे,

पिडा मलाइ
सलाइ काे काँटि
सपना जलाइ
छाति फुलाइ
उल्लास मलाइ
खुकुरि पलाइ
घाँटि, छलाइ
खुकुरिकाे चाेट
अचानाे मलाइ

पिडा मलाइ
दुःख मलाइ
सुःख मलाइ
माया सबकाे
खुसी मलाइ

साेच्ने म हाे
खाेज्ने म हाे
भाेग्ने म हाे
डर्ने म हाे
मर्ने म हाे

जीवनकाे खाेला, तर्ने म हाे
भुइमा नभए, अाकास बाट झर्ने म हाे
धाेखा, धडि गर्ने म हाे
बिरहि र पागल हरूमा पर्ने म हाे

कुरा एउटै के हाे, जान्छस?

दुःख भाेग्छस्
माया राेज्छस्
पैसा पाए
एैय्यासि खाेज्छस
हाँत खुट्टा भाँचे पछि
पिडा भाेग्छस
जीवन तेराे मासे
अन्नत राेज्छस्
दुःख तलाइ बाँटे
धाेक्रे रुन्छस
माया तलाइ साँचे
खुसी हुन्छस
धन के हाे अाँटे
उफ्रि हिँड्छस
बिना अर्थ दिलमा
खुसी लिन्छस
अाफैलाइ ठुलाे भनि
फुर्ति लीन्छस ।

तँ डर्न खाेज्छस भनि म, भन्दिन
तँ मर्न खाेज्छस भनि म, भन्दिन
जीवनमा के साेच्छस म, जान्दिन
गन्तव्य, जे सुकै हाेस म, छाड्दिन
काँडे झ्याँङहरू हाेला म, बाल दिन्न
गन्तव्य तिर पाइल सार्न, पछि पार्दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *