दुर्इ गज्

Posted on
दुर्इ गज

कानुन बन्दछ यो देशमा
तर पालना हुँदैन् – २

हुन त हुन्छ यो देशमा
तर
साना लार्इ मात्र
ठुलालार्इ हुँदैन  ।

कुनै बेला रक्त बिरक्त भयो
यो देशमा
धेरै थिए
तर लडे पनि
डरे पनि होलान
कोहि कोहि त
के हि बर्ष पछि
सुनको थालमा
खान थाले
बाटो बिर्षने हरू
हो हल्लाकै भरमा
मृत्यु रूपी समुन्द्रमा
चुर्लुम्म हाम फाले

न फाले पनि क्यार्थे?

फेरि मेरो कुरा गर्नुहोला
म को?
म किन?
म म मै सिमित हो म!

म कहाँ?
म कसरी?
जहाँ लुकेको छु
त्यही हो म!
बुझ्नु भयो
हं हं हं
अह्ं

छोड्नुस
सत्यलार्इ चिन्न
सारै गाह्रो छ
चिन्ने हरू पनि नचिने झैं गर्छन
चिनि सक्या भए अहिले
निर्मला बलात्कारको
दोशि जेलमा हुन पर्ने ।

रक्सिको मातमा
लठ्ठिनेहरूको लाम हुन्छ
यहाँ
रातो पानि नै मेरी नानी सम्झिनेहरूको
चोक चोक, टोल टोल,
अरू ठाउँ त के कुरा गर्नु
घर घरमा चक्का जाम हुन्छ यहाँ
छेउमा बम नै किन न राखिएको होस्
तर त्यही बम हेर्ने हरूको जमात हुन्छ यहाँ ।

सुरूवात मैले कानुन देखि गरेको थिए
जसको पालना नै हुँदैन
बलात्कारीहरू उम्कनछन यहाँ
सबुत हरू लुकाइन्छन,
खाल्डोको हिले पानिमा पखालिन्छन जहाँ
निर्दोष लार्इ जबरजस्ति थुनामा ठेलिन्छ
कुर्चिमा बसालिन्छ र हातमा फुकाल्नै नसकिने डोरिले बेरिन्छ यहाँ
अनि बल्ल उतानो पारिन्छ
र अब खुट्टामा बजारिन्छ यहाँ
बिचरा निर्दोष
निर्दोष बिचरा

शहिद कविताका केहि पंङ्ति यादा अायो

एक्कासी, अाकाशमा बादल गम्कियाे,
ठाँउकाे ठाँउ बिजुली चम्कियाे,
फेरि पनि मलाइ डर लागेन,
नेताहरूकाे मलाइ भर लागेन,
मर्नु निश्चयनै हाे, थाहा थियाे,
तर
मेराे मृत्युकाे कुनै कर लागेन ।

बलात्कार शब्द,
शब्दकोषमा मात्रै सिमित रहेन अब,
हरेक पत्रिकाको पहिलो पृष्ठमा
यिनि सीता नाम परिवर्तन
कलेजबाट घर फर्किदै गर्दा
माइक्रो बसमा नाम परिवर्तन रावण बाट
बल्तकृत भइन भन्दै लेखियो ।

उनि होसमै थिइ, चिच्याइन करार्इन
तर कसैले सुनेन,
उनलार्इ निरभया जसरिनै कुटे, पिटे
मरणास्न्न अवस्थामा छोडे तर उनलाइ बचाउने कोइ पनि थिएन ।
उनको चाँडै घर पुग्ने कल्पना अधुरै रह्यो
उनि पटक पट्क बेहोस भइन
उनले आफुलार्इ ढाक्न दुर्इ गज जमीनको
कर नगरेकि पनि हैनन्
तर उनको पैँतलामुनीको दुर्इ गज जमीन पनि
पटक पट्क, हर पट्क उनकै पैँतलामुनिबाट फुत्कियो
हरे उनको पैंतला र जमीन ।

दुर्इ गज्
दुर्इ गज्

Leave a Reply

Your email address will not be published. Required fields are marked *