जाडो

Posted on
जाडो

सिरेटो चल्यो, च्वास्स बिझ्यो,
उस्कोमा, जस्को घरमा,
खान लाइ गास, ओड्नलाइ कपास,
आगो बाल्न दाउराको आस,
दाउरात परै जाओस्
बिरबल र अकबर कथामा तलाउ पसेको,
बाह्मण, जस्तै, देख्नलाइ बत्तिको झिल्कोको पास पनि थिएन ।

चार जनाको सानो परिवार,
बुढा बुढि, अनि दुइ वटा,
दिन भरि, खेलेर रमाउने,
बाउ आमालाइ बोलेर हँसाउने,
तेइ हाँसोले घर सजाउने छोरा छोरी ।

उनिहरूलाइ गुमान थियोत, केवल
छोरा छोरीको, माया थियो त केवल,
छोरा छोरीको, तर यो पुष माघको जाडोलाइ,
उनिहरूले, आफ्ना छोरा छोरिलाइ दिने,
न्यानो माया र ममताको, बारेमा के थाहा,
झट्ट आँउथ्यो, सबका हात, खुट्टा र मुटुमा,
चस्स बिझ्ने गरि चिसो सिरेटो बजाएर जान्थ्यो ।

कति सम्म निर्दयी, जाडो,
जति हात खुट्टा बटारे, हात झटारे पनि,
त्यो, सानो आँखि झ्यालबाट, आउने,
हावाले, खुल्ला पाखुरा, सुन्न हुने गरी,
सिरेटो लगाँउथ्यो ।

यो चिसो सिरेटो,
गरिबहरूका लागिमात्र आँउथ्यो,
धनि मानिहरूकोमा, जाँदा,
हिटर र ब्ल्याङ्केटहरू सँग डराएर भाग्थ्यो,
दौडेर जान्थ्यो, परालहरूको झाँङ्मा हाम फाल्थ्यो,
म फेरि आए है भनि, उनिहरूका खुल्ला हात, खुट्टाहरूसँग,
फेरि बटारन भनि सुटुक्क बात लाँउथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *