को?

Posted on
Unknown

लाखाैँ पल्ट सम्झाए होला यो मनलार्इ
लाखाैँ पल्ट
तर यो मन ले जहिलेनै तिमीलाइ सोचि रहन्छ ।

थाहा छ तिमी लार्इ?
थाहा छ?
मेरा अाँखाहरूले हर पल
तिमीलार्इनै खोजी रहन्छन् ।

तिमी को हाै,
अंह्, तिमी को हाै,
थाहा त छैन तर
तिमीलार्इ यस्ती, उस्ती होलाै भनेर
काल्पनीक तस्बिर हरू हरपल कोरि रहन्छन ।

मेरो मन,
हैन, हैन,
मेरो दिल लार्इ, यति सम्म थाहा छ
की तिमी छैनाैउ, तर मेरो मन ले तिमीलाइ नै
पागल सरी बाटो, बाटो मा खोजी रहन्छ ।

अब भन्, सम्झाँउ त म कसरी सम्झाँउ, मेरो मन दिल लार्इ?
दुबै पागल सरी, कुन गल्ली तिर हरार्इ सके ।

थाहा छ किन? निस्केका हुन तिमीलार्इ नै खोज्न
अनायाशै मेरो लागी तिमीलार्इनै रोज्न ।

तिमी छाै भने,
यदि तिमी कतै छाै भने,
को अाएे भनेर सोच्लाउ,

हैन मैले, बारम्बार सम्झाए,
बुझ्याै, मैले बारम्बार सम्झाए,
तर कहाँ मान्थ्यो मेरो मन ले,
मेरो कल्पना मै, सपनामै,
तिम्रो तस्बिर, देखिन्थ्ये अरे,

त्यो चै मेरो मन ले भनेको ।

मन ले बिस्तारै बुझ्दै गयो,
तर दिलले
७२, ७७ गरि धड्किन थाल्यो,
उ पनि सोच्थ्यो होला
धेरै चोटि धड्किए तिमी
अार्इ पो हाल्छाै कि,

तर कल्पना,

एक पल्ट त झन्डै देखेको तिम्रो तस्बिर,
बुझ्याै,
एक पल्ट त झन्डै देखेको तिम्रो तस्बिर,
तर झल्को अाउनै लाग्या थ्यो, मछ्छर ले टोकेर होनी
झ्याप्प हात ले पाखुरामा बजारेको याद छ मलार्इ ।

सायद यो भाग्य्ये

कल्पना, सपनामा पनी छैन रहेछ,
नत्र के थाहा मैले तिमीलार्इ,
हिजो अाजै भेट्यापो हुन्थे की?

Leave a Reply

Your email address will not be published. Required fields are marked *