ऐंठन

Posted on
ऐंठन

याे रात, अाँउदा पनि ऐंठन हुन्छ,
त्याे दिन, धाँउदा पनी ऐंठन हुन्छ,
के गरू, कसाे गरू,

सारै गाराे हुदाे रैछ,
सुत्दा पनि मलाइ हेर,
साेच्दा पनि मलाइ हेर,
कुराले घाेच्दा पनी मलाइ हेर,

याे मनलाइ फ्याट्टै राेक्न सकुँ बरू,
त्याे मुटुलाइ च्याप्पै च्यापन सकुँ हातले बरू,
याे जीवन लाइ, झ्याप्पै राेक्न सकुँ श्वासले बरू,
मेराे त्याे ऐंठन अन्त, यतिकैमा बिलाउँछकी,
माया मारी टाढा गए, सपनीमा हराँउछकी,

देखेका सपना हरू, पुरा नभए सम्म,
मुठुकाे ऐंठन ले मार्छ,
मनमा खेलेका कुरा हरू, पुरा नभए सम्म,
त्याे मनकाे ऐंठनले मार्छ,

त्याे मन, मुटु काे ऐंठनकाे अन्त कहिँ भेटिएलाकी
कतै मेराे त्याे, भाेकाे ऐंठनकाे प्यास मेटिएलाकी,

कैलेकाँइ साेच्दै बस्छुँ, याे त अब धेरै भयाे,
घिटि घिटिएकाे जीवनकाे बाटाे फुकाल्दिए भयाे,
त्याे हराएकाे मायाकाे अाशलाइ पनी धकाल्दिए भयाे,
मनकाे त्याे बिथिति बेदना लाइ पनी समुन्द्रमा खसाल्दिए भयाे,
माया, ममता र त्याे माेहलाइ, हल्का अागाेमा पगाल्दिए भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *