एकतर्फी

Posted on
एकतर्फी

सानाे छँदा, मलाइनी लव परेकाे याद छ,
जब मैले, उनलाइ मायाँ गर्छु भनी, भन्न खाेजे,
तेइ, लव ले, धिक्कारेकाे मलाइ ज्ञाँत छ,

स्कुल जाँदा, सँगै जाने,
फर्कि अाँउदा, सँगै अाउने,
भाेली पल्ट्, फेरी जाँदा,
जाने हैन?, भनी खाेज्दै अाउने,

खेल खेल्दा, जैले पनी,
बिपक्षमानै हुन्छु भनी कराउने,
किन किन, बिपक्ष बाटै,
उनलाइ पछ्याउन सारै रमाउने,

क्या, रमाइलाे थियाे, बच्पने जीवन,
कयाैँ पल्ट लुकामारी खेलीन्थ्याे,
हाँसिन्थ्याे, गाइन्थ्याे, रमाइन्थ्याे,
जस्ले, जे भनेनी, लुकि लुकि,
उनलाइ ट्क्क अाँखा लगाइन्थ्याे,

कैले काँइ, उनकाे घर जान्थे हाेला,
खाँजा साजा, पनी तेँइ खान्थे हाेला,
बच्चा टाेली सँग हाँसखेल गरी रम्थेँ हाेला,
खेल खेलामै, हाम्रा हात, जम्थे हाेला,

सानाे छँदा, उनी म सँग रिसाएकाे याद छ,
रिसाए लगत्तै, केहि दिन पछि, बाेल्न छाेडेकाे ज्ञात छ,

सानैथिए म, एक्लाे भए म, कसै सँग बाेलिन,
त्यस पछि देखी, मैले कसैकाे लागी धेरै कुरा साेचिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *