अन्धो

Posted on
अन्धो

उ, नौ महिना आमाको कोखमा थियो
त्यहाँ मस्त थियो, सुनसान थियो
एक तर्फि रात थियो, किनकि त्यो
आमाको न्यानो काख थियो, जहाँ
न त चिन्ता कुनै बात को, न त 
चिन्ता खाना बिनाको साँझ को, तर
उसलाइ के थाहा नौह् महिना पछि, कुनै
दिन चिच्याहट कोलाहल रूपी संसारमा
पाइला टेक्ने छ भनि ।

अझै के थाहा
उसको नजरको को हेराइलाइ, यो समाजबाट
अन्धो, असाहय, बिचराे, जस्ता शब्दहरूले
सम्बोदन पाउने छ भनि ।

जीवनको सुरूवात जन्म बाटै हुन्छ ।
भन्छन, कसै कसैको, आँखाको ज्योति
उसको जन्म नहुँदै, दैवले हरेर लग्यो ।

अझै, भन्छन, कसै कसैको, आँखाको ज्योति
आधि बाटो पुगे पछि बिछट्टै छाडि डुलाएर खोसेर लग्यो ।

तर यो समाज ले उसको अन्धो पन लाइ कुनै
जन्मको कर्मको लेखा जोखा हो भनी बोलेर सक्यो ।

यति मात्रै संघर्ष कहाँ थियो र
यो त उसको जीवनको सुरूवात रहेछ,
उसको लागी आमाको माया अपरंम्पार रहेछ
केहि हद सम्म त आमाले स्याहार गरिन
तर ठुलो हुदै जादा बाँच्नु भनेको यो हैन भनेर बुझ्नुनै
उसको जीवनमा रहेको अन्धकारको संहार रहेछ ।

जीवनको हरेक दिन कालो रात (अन्धो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *